Logo

Banner-news

मेसिनको ‘मोटर’ नबनाउँदा उदयपुर सिमेन्ट डेढ महिनादेखि ठप्प, दैनिक करोड नोक्सान


GDP Nepal
   १९ असार २०७६, बिहिबार


काठमाडौं । कुशल व्यवस्थापनका कारण अघिल्लो वर्ष नाफा कमाएर सर्वत्र प्रशंशा पाएको सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग चालू वर्षमा भने पुरानै लयमा फर्किएको छ । उद्योगको मेसिनमा रहेको मोटर समयमै मर्मत नगर्दा उद्योगको उत्पादन ठप्प भएको हो ।

उद्योग केही महिनादेखि नेतृत्वविहीन छ । उद्योगका महाप्रबन्धक सुरेन्द्र पौडेल नेपाल आयल निगमको महाप्रबन्धक भएर आएसँगै मुलुककै ठूलो उदयपुर सिमेन्ट नेतृत्वविहीन छ ।

निमित्त महाप्रबन्धकको जिम्मेवारी पाएका नवलकिशोर साहले आफ्नो अनिश्चित कार्यकालका कारण जोखिम मोल्न चाहेका छैनन् । यसको प्रभाव उद्योगमा परेको हो ।

उद्योगको उत्पादन ठप्प हुँदा करोडौं रुपैयाँ नोक्सानी भइसकेको छ । विद्युत् भोल्टेजमा आएको गडबडीले गत जेठ २० गते ५ सय किलोबाट क्षमताको हाइटेन्सन मोटरमा क्षति पुगेपछि उद्योगको उत्पादन कार्य बन्द भएको हो ।

मोटर पुनःमर्मतका लागि बुटवलस्थित नेपाल इन्जिनियरिङ हाइड्रो वर्कसपमा लगिए पनि त्यसको मर्मत भने भइसकेको छैन ।

उद्योगले हाल स्टकमा रहेको सिमेन्ट बिक्री गरिरहेका कारण वित्तीय संकत भने छैन । चालू आर्थिक वर्षको असार मध्यसम्ममा २२ लाख बोरा सिमेन्ट बिक्री भइसको निमित्त महाप्रबन्धक साहले जानकारी दिए । उनका अनुसार अब १ लाख बोरामात्र स्टकमा छ ।

प्रकाशित : १९ असार २०७६, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह