Logo

कर्पोरेट-बजार

महासंघद्वारा स्याहार अर्थतन्त्रको सान्दर्भिकता विषयक रोजगारदाता तालिम
सञ्चालन


GDP नेपाल
   ९ श्रावण २०८१, बुधबार


नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय श्रम संगठनको सहकार्यमा स्याहार अर्थतन्त्रको सान्र्दभिकता विषयक रोजगारदाता तालिम आयोजना गरेको छ ।


निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्र्दभिकता विषयक रोजगारदाता तालिम कैलालीको धनगढीमा सुरु भएको हो । आजबाट सुरु भएको सो तालिम तीन दिन सम्म चल्नेछ ।


अन्तर्राष्ट्रिय श्रम संगठन (सशक्त महिला सम्वृद्ध नेपाल) परियोजना र नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौ विच भएको सम्झौता वमोजिम नेपाल उद्योग वाणिज्य महासंघ सुदुरपश्चिम प्रदेशको आयोजनामा तीन दिने तालिमा सुरु भएको हो ।


सो तालिमको उद्घाटन सत्रको अध्यक्षता महासंघको सुदुरपश्चिम प्रदेशको कार्यसमिति सदस्य तथा लम्की उद्योग वाणिज्य संघका अध्यक्ष पदमराज चौलागाईलेले गरेका थिए भने प्रमुख अतिथिमा महासंघकी केन्द्रिय सदस्य तथा महिला उद्यमी विकास समिति संयोजक कमला श्रेष्ठ उपस्थिति थिइन ।

सो अवसरमा महिला उद्यमी विकास समिति संयोजक कमला श्रेष्ठले अर्थतन्त्र र आर्थिक क्रियाकलापसंग जोडिएको विषय भएको हुदा अब स्याहार अर्थतन्त्रलाई राष्ट्रको विषय वनाउन आवश्यक रहेको र यसलाई सहजिकरण तथा आवश्यक सहयोग गर्न निजी क्षेत्र तयार रहेको बताइन् ।


सो तालिममा सुदुरपश्चिमका उद्योगी व्यवसायी, सरकारी तथा गैरसरकारी गरी ३० जनाको सहभागिता रहेको छ ।

प्रकाशित : ९ श्रावण २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह