Logo

कर्पोरेट-बजार

टान अध्यक्षमा पर्यटन व्यवसायी डा. रामशरण थपलियाको उम्मेदवारी घोषणा


GDP नेपाल
   २० श्रावण २०८१, आइतबार


काठमाडौं । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) को आसन्न निर्वाचनमा पर्यटन व्यवसायी डा. रामशरण थपलियाले उम्मेदवारी घोषणा गरेका छन् । थपलियाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घको अध्यक्ष समेत रहेका उनले यसअघि ठमेल पर्यटन विकास परिषदको अध्यक्षमा २ कार्यकाल पूरा गरिसकेका छन् ।

पर्यटन व्यवसायलाई थप नयाँ स्तरमा पुर्‍याउने योजनासहित आसन्न निर्वाचनका लागि टिम बनाएर प्रतिस्पर्धामा उत्रने थपलियाले बताए ।

उनले पर्यटन व्यवसायलाई नयाँ उचाईमा पुर्‍याउने आफ्नो योजनालाई सफल बनाउन यस क्षेत्रमा आबद्ध सम्पूर्ण व्यवसायीहरुले साथ र सहयोग प्रदान गर्नेमा विश्वास समेत व्यक्त गरे । 

प्रकाशित : २० श्रावण २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह