काठमाडौँ। नेपाल हस्तकला महासंघले बागमती प्रदेशका नवनियुक्त मुख्य मन्त्री बहादुर सिंह लामा (तामाङ्) र विभागिय मन्त्रीहरुलाई सम्मान गर्दै एक कार्यक्रमका बीच स्वागत तथा बधाई दिएको छ ।
महासंघले मुख्यमन्त्री बहादुर सिंह लामा, सामाजिक विकास मन्त्री हरि प्रभा खड्गी (श्रेष्ठ), श्रम तथा रोजगार मन्त्री प्रेम भक्त महर्जन तथा उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्री शुकमाया तामाङ्खलाई सफल कार्यकालका लागि बधाई दिएको हो ।
उक्त कार्यक्रममा महासंघका अध्यक्ष प्रचण्ड शाक्यले प्रदेश सरकारबाट हस्तकला क्षेत्रको दिगो विकास र प्रवर्द्धनका सम्बन्धमा गर्नुपर्ने कार्यहरुका बारेमा मन्त्रीहरुलाई जानकारी गराएका थिए ।
कार्यक्रममा सार्क हस्तकला विकास केन्द्रको संचालन, प्रदेश हस्तकलाग्राम स्थापना र संचालन हस्तकला नीतिको कार्यान्वयन तथा प्रदेश कला विश्व विद्यालयको स्थापना र संचालनका विषयमा प्रदेश सरकारको सहयोग एवं सहकार्यका सम्बन्धबारे चर्चा गरिएको थियो ।
सो कार्यक्रममा मुख्यमन्त्री र सम्बन्धित विभागिय मन्त्रीहरुले नेपालको मौलिक संस्कृति, सम्पदा र पहिचानसंग जोडिएको हस्तकला उद्योग व्यवसायको विकासमा प्रदेश सरकार संवेदनशील रहेको र महासंघसंग समन्वय गरी हस्तकला विकास सम्वन्धी कार्यहरु अघि बढाउने प्रतिवद्धता जनाए ।
कार्यक्रममा महासंघका उपाध्यक्ष किरण कुमार स्थापितले उपस्थित अतिथिहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।
प्रतिक्रिया