Logo

कर्पोरेट-बजार

सार्क चेम्बर अफ कमर्सको कार्य समिति बैठक सम्पन्न, अन्तरदेशीय व्यापार प्रवर्द्धनमा जोड


GDP नेपाल
   २४ श्रावण २०८१, बिहिबार


काठमाडौं । श्रीलंकाको राजधानी कोलम्बोमा सार्क चेम्बर अफ कमर्सको ८३ औं कार्यकारी समितिको बैठक तथा २७ औं साधारणसभा सम्पन्न भएको छ । सार्क चेम्बरका अध्यक्ष जस्मीन उद्धिनको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

सो बैठकमा नेपालका तर्फबाट सार्क चेम्बरका उपाध्यक्ष चण्डी राज ढकाल सहभागी भएका थिए ।

उक्त बैठकमा श्रीलंकाका प्रधानमन्त्ती दिनेश गुणवर्धनले क्षेत्रीय व्यापार सहकार्य बढाउनका लागि उद्योग क्षेत्रमा नयाँ अन्वेषण तथा उत्पादनको आवश्यकता रहेको बताए । यो फोरमले दक्षिण एशियाली मुलुकमा एकअर्कासँग व्यापार सहजीकरणसँगै सहकार्यलाई विशेष जोड दिने बताए ।

कार्यक्रममा सार्क चेम्बरका महासचिव गोलम सरवारले क्षेत्रीय लक्ष्यहरु पूरा गर्नका लागि दक्षिण एशियाली मुलुकहरुका सरकारले पनि अन्तरराष्ट्रिय व्यापार सहजीकरणमा विशेष जोड दिनुपर्ने बताए ।

बैठककै क्रममा ‘लगानी सहकार्य तथा व्यापार सहजीकरण, एडभान्सीङ द सार्क एजेन्डा’ नामक व्यापार सम्मेलन पनि आयोजना गरिएको थियो । उक्त सम्मेलनको उद्घाटन सत्रमा श्रीलंकाका परराष्ट्र मन्त्रीलगायतले उद्घाटन गरेका थिए ।

सम्मेलनको प्यानल छलफलमा भने सार्क सीसीआई नेपाल च्याप्टर उपाध्यक्ष चण्डीराज ढकाललगायत सहभागि थिए ।


प्यानल छलफलको क्रममा सार्क उपाध्यक्ष ढकालले सिनो सार्क आर्थिक सम्बन्धले सार्क राष्ट्रहरुबीचको सम्बन्ध उचाईमा पुर्याएको बताए । उनले व्यापार असन्तुलनको वकालत, गहिरो सहकार्यको प्रवद्र्धन र बढ्दौ चुनौतिहरुको न्युनीकरणले सार्क राष्ट्रहरुबीचको सम्बन्धलाई भविष्यमा थप बजबुत बनाउने बताए । नेपाल एक रणनीतिक लोकेसन भएकाले यसमा अझै शसक्त भूमिका खेल्न सक्ने उनको भनाई थियो ।


कार्यक्रममा सम्बोधन गर्दै सार्क सीसीआई नेपाल च्याप्टरका कार्यकारी सदस्य तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले चिनियाँ र अनय दक्षिण एशियाली मुलुकका व्यापार व्यवसायीसँगको सहकार्यले धेरै अवसरहरु सिर्जना गरिदिएको बताए । यससँगै यसले विद्युतीय भुक्तानी प्रणाली, आपुर्ति प्रणाली, इकमर्श, पूर्वाधार, पर्यटन, हरित पूर्वाधार तथा उद्योगमा हुने लगानीलाई थप वृद्धि र विकासमा सहयोग पुग्ने उनको भनाई थियो ।

प्रकाशित : २४ श्रावण २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह