Logo

कर्पोरेट-बजार

धितोपत्र बोर्डको सञ्चालकमा महासंघद्वारा महानिर्देशक अवस्थी सिफारिस


GDP नेपाल
   ४ भाद्र २०८१, मंगलबार


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यमा गोकर्ण अवस्थीलाई सिफारिस गरेको छ। महासंघका अध्यक्ष चन्द्र ढकाले गत शुक्रबार महानिर्देशक अवस्थीलाई बोर्ड सञ्चालकमा सिफारिस गरेका हुन ।

अवस्थी विगत साढे ३ वर्षदेखि नेपाल उद्योग वाणिज्य महासंघमा महानिर्देशकको रूपमा कार्यरत छन् । अवस्थीले वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका छन् भने काठमाडौं विश्वविद्यालयबाट राजनीतिक अर्थशास्त्रमा विद्यावारिधि गर्दैछन् । उनले भारतीय जनसञ्चार संस्थानबाट विकास पत्रकारितामा डिप्लोमा गरेका छन् ।

महासंघमा कार्यभार सम्हाल्नु अघि अवस्थी नेपाल स्थित संयुक्त राष्ट्र संघ कार्यालयमा दिगो विकास लक्ष्य सल्लाहकारको रूपमा कार्यरत थिए ।

त्यसअघि करिब दुई दशक पत्रकारिता गरेका अवस्थी एक दशक भन्दा बढी समय कान्तिपुर दैनिकमा आर्थिक सम्पादक थिए । उनी नेपाल आर्थिक पत्रकार समाजका पूर्व अध्यक्ष पनि हुन । अवस्थीले नेपाल व्यवस्थापन संघले प्रदान गर्ने प्रतिष्ठित सम्मान मनेजर अफ द ऐयर २०२३ प्राप्त गरेका छ्न् ।

प्रकाशित : ४ भाद्र २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह