काठमाडौँ । नेपाल तयारी पोशाक उद्योग संघले निर्यात बढाउन ग्रह शान्ति पूजा गरेको छ ।
निर्यात व्यापारमा महत्वपूर्ण हिस्सा ओगट्दै आएको नेपाली गार्मेन्ट उद्योगले पछिल्ला दिनहरुमा निर्यात व्यापारमा गिरावट आएसँगै नितिगत सुधारका पक्षमा समेत बहस र पैरवी गर्दे आइरहेको छ ।
सन् २००० ताका झण्डै ४० अर्ब रुपैयाँ बराबरको हाराहारीमा नेपाली तयारी पोशाकको निर्यात गर्दै आइरोखेको यस उद्योगले थुप्रै समस्या र चुनौती पार गर्दै आजको अवस्थासम्म आइपुगेको छ । हाल तयारी पोशाक उद्योग संघमा आबद्ध उद्यमीहरुद्धारा यस वर्ष १० अर्बको हारहारीमा तयारी पोशाकका वस्तु निकाशी भएको छ ।
झण्डै १६०० भन्दा बढी उद्योगी व्यवसायी यस क्षेत्रमा आबद्ध रहेतापनि हाल यस क्षेत्रमा क्रियाशील उद्यमीहरुको संख्यामा भने कमी आएको संघले बताएको छ । हाल यस व्यवसायमा सयको हाराहारीमा मात्र व्यवसायीहरु क्रियाशील रहेका छन् ।
“हामीले निकाशी बढाउन सरकार र सम्बन्धित निकाएको ध्यानाकर्षण बारम्बार गर्दा पनि सरकारी संयन्त्र गम्भीर नबन्दा यति ठूलो निकाशीमा योगदान गर्ने यस क्षेत्र कमजोर बन्न पुगेको छ,” संघका अध्यक्ष पशुपतिदेव पाण्डेले भने “भोलीका दिनमा नितिगत र व्यवहारीक समस्या हल होस् ।”
उनका अनुसार राज्यले यस क्षेत्रको निर्यातबाट ठूलो मात्रामा विदेशी मुद्रा आर्जन गर्न सफल होस् र उद्यमी व्यवासाहरुको व्यापार व्यवसाय साथै उनीहरुको उत्पादनमा थप टेवा पुगोस् भन्ने अभिप्रायले ग्रह शान्ति पूजा गरिएको हो ।
“हामीले यति ठूलो भवन त बनायौ तर यसको पूजा हुन सकेको थिएन । जून आज हामीले गरेका छौ”, अध्यक्ष पाण्डेले भने “हाम्रा सबै सदस्यहरुलाई बोलाएर यस प्रकारको पूजाआजा गर्न पाउँदा हामी सबै हर्षित भएका छौ ।”
प्रतिक्रिया