Logo

Banner-news

घरजग्गा व्यवसायी कालु गुरुङ केबलकार व्यवसायमा, १ अर्ब ३० करोड खर्चेर अन्नपूर्ण केबलकार


GDP Nepal
   ५ श्रावण २०७६, आइतबार


काठमाडौं । नेपालका चर्चित घरजग्गा व्यवसायी कालु गुरुङको परिचय फेरिँदैछ । उनको मुख्य लगानी रहेको अन्नपूर्ण केबलकार दसैंअघि नै सञ्चालनमा आउने भएको छ ।

पोखराको फेवाताल किनार र सराङकोटलाई जोड्ने गरी निर्माण भइरहेको अन्नपूर्ण केबलकारको ८० प्रतिशत काम पूरा भइसकेको छ । केबलकार निर्माणको जिम्मा मनकामना केबलकारको प्रवद्र्धक कम्पनी चितवन कोई समूहले पाएको छ।

केबलकारमा व्यवसायी कालु गुरुङ सहितका नेपाली व्यवसायीको ७५ प्रतिशत सेयर छ भने जापानी नागरिक टाकासी मियाहाराको १५ प्रतिशत र स्थानीयको १० प्रतिशत लगानी रहेको प्रालिले जनाएको छ । गुरुङ अन्नपूर्ण केबलकार प्रालिका अध्यक्ष पनि हुन् ।

दसैंअगावै उक्त केबलकार सञ्चालनमा ल्याउने तयारी छ । केबलकारमा प्रयोग हुने मेसिनरी सामानहरू पोखरा आइसकेका छन् । डोरी, गोण्डलासहितका मेसिनरी सामानहरू पोखरामा आइसकेकाले त्यसलाई जडान गर्ने तयारी भइरहेको छ । २२७५ मिटर लम्बाइको केबलकारमा १८ वटा गोन्डोला रहनेछन् ।

यस्तै, टप स्टेसनमा छानो हालिसकिएको छ भने बटम स्टेसनमा छानो हाल्ने क्रम सुरु भएको छ । १८ वटा टावरमध्ये हालसम्म १७ वटा पूर्णरूपमा निर्माण गरिएको छ । भदौमा जापानबाट आउने प्राविधिक टोलीले उक्त केबलकारको सुपरभिजन गर्नेछन् ।

१ अर्ब ३० करोड लागत रहने केबुलकार परियोजनामा राष्ट्रिय वाणिज्य बैंक, सनराइज बैंक र नेपाल बंगलादेश बैंकले लगानी गरेका छन् ।

केबुलकार निर्माणसँगै ९ मिनेटमा फेवाताल क्षेत्रबाट सराङकोट पुग्न सकिन्छ । हाल उक्त दूरी गाडीबाट पूरा गर्न करिब ४५ मिनेट लाग्छ ।

प्रकाशित : ५ श्रावण २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह