Logo

कर्पोरेट-बजार

सुनको मूल्य स्थिर, चाँदी बढ्यो


GDP नेपाल
   ११ भाद्र २०८१, मंगलबार


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि छापावाल सुन सोही मूल्यमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर १८ सय ५० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको प्रतितोला १८ सय ४० रुपैयाँमा किनबेच भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ५०७ र चाँदी प्रतिऔंस २९.८८ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित : ११ भाद्र २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह