Logo

कर्पोरेट-बजार

अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स नेपालको अध्यक्षमा राजेशकाजी श्रेष्ठ निर्वाचित


GDP नेपाल
   ११ भाद्र २०८१, मंगलबार


काठमाडौँ । अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स (आइसीसी) नेपालको अध्यक्षमा राजेशकाजी श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आइसीसी नेपालको आज सम्पन्न साधारण सभाले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

जसअनुसार निवर्तमान अध्यक्षमा सुरेन्द्रवीर मालाकार, वरिष्ठ उपाध्यक्षमा लोकमान्य गोल्छा, संघ-संस्थातर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ, लिमिटेड कम्पनीहरूको तर्फबाट उपाध्यक्षमा गणेश कार्की, बैकिङ क्षेत्रको उपाध्यक्षमा सुनिल के.सि., इन्स्योरेन्स क्षेत्रको उपाध्यक्षमा चंकी क्षेत्री, एशोसियट कम्पनीहरूको तर्फबाट उपाध्यक्षमा राजेन्द्र अर्याल, पदेन उपाध्यक्षमा राजेन्द्र मल्ल, मानार्थ उपाध्यक्षमा लाक्पा सोनाम शेर्पा निर्वाचित भएका छन् ।

यसैगरी महासचिवमा नरेश प्रसाद श्रेष्ठ, कोषाध्यक्षमा कुश प्रसाद मल्ली तथा सचिवमा रामशरण भण्डारी र रेखा घिमिरे निर्वाचित भएका छन् ।

सदस्यहरूमा भने क्रमशः ज्ञानेन्द्र ढुंगाना, अशोक शेरचन, अशोक अग्रवाल, मिन बहादुर गुरूङ, अर्जुन प्रसाद शर्मा, सुदेश खालिङ, रमेश शर्मा, सुदर्शन चापागाईं, सञ्जय अग्रवाल, उर्मिला श्रेष्ठ, सुसन कर्माचार्य, देश बन्धु बस्नेत, पवित्र कुमार कार्की, रविचन्द्र सिंह, विजय श्रेष्ठ, त्रिभुवनधर तुलाधर, सुजन श्रेष्ठ, विप्लब पौडेल, दीपक कुमार श्रेष्ठ तथा पोषक राज पौडेल निर्वाचित भएका छन् ।


साधारणसभामा बोल्दै आईसीसी नेपालका नवनिर्वाचित अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा व्यावसायिक वातावरण निर्माणका लागि आईसीसी नेपालले सरकार, रोजगारदाता, बैंक र वित्तीय क्षेत्र, कानुन निर्माता एवं विभिन्न व्यावसायिक संघहरूसँग मिलेर समन्वयात्मक ढंगमा कार्य गर्ने बताए ।


उनले आईसीसीलगायत विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीहरूको ध्यान नेपालमा लगानी प्रवर्द्धन गर्न तथा नेपालबाट निर्यात प्रवर्द्धनका साथै पर्यटन प्रवर्द्धन गर्नुका अतिरिक्त देशभित्र र बाहिर परिआउने व्यावसायिक विवादहरूको मध्यस्थताका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामाथि जोड दिने बताए ।


आइसीसी सन् १९१९ मा फ्रान्सको पेरिसमा स्थापित विश्वका व्यवसायीहरूको सर्वोच्च संस्था र १७० देशका करिब ४ लाख ५० हजार सदस्य भएको अन्तर्राष्ट्रिय संस्था हो । यसले सबैका लागि शान्ति, समृद्धि र अवसरलाई बढावा दिन खुला अन्तर्राष्ट्रिय व्यापार र लगानी प्रणालीलाई बढावा दिएर हरेक व्यवसाय र क्षेत्रका व्यवसायका लागि कार्य गर्दे आइरहेको छ ।

आईसीसीले विश्वव्यापीरूपमा सीमापार व्यापारका लागि ठूला र साना व्यवसायीहरूलाई दिने सेवा र सुविधा एक मानक रुपमा परिचय बनाएको छ ।

प्रकाशित : ११ भाद्र २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह