Logo

Banner-news

अमेरिकी कुकुरलाई नेपाली छुर्पी निर्यात गर्ने ‘हिमालयन डगच्यु’ उत्कृष्ट ब्राण्ड !


GDP Nepal
   ६ श्रावण २०७६, सोमबार


काठमाडौं । वल्र्ड ब्राण्ड फोरम (बिश्व ब्रान्डिङ मञ्च)को अष्ट्रियामा भएको विश्व घरपालुवा जनावरहरुको खाना उत्पादन गर्ने कम्पनीबीचको प्रतिस्पर्धामा नेपाली कम्पनी हिमालयन डगच्यु पहिलो भएको छ ।

बेलायतको लन्डनमा मुख्य कार्यालय रहेको यस कम्पनीले प्रत्येक वर्ष विश्वका घरपालुवा जनावरहरुको खानाको उद्योग सञ्चालन गर्ने विभिन्न ब्राण्डहरुबीच प्रतिस्पर्धा गराउँछ । यस्तो प्रतिस्पर्धा यसपटक अष्ट्रियाको राजधानी भिएनास्थित राष्ट्रपती भवनमा भएको थियो ।

कार्यक्रममा वल्र्ड ब्राण्ड फोरम (बिश्व ब्रान्डिङ मञ्च)का अध्यक्ष रिचार्ड रोवल्स र सीइओ पेटर पेकले हिमालयन डगच्युका अध्यक्ष्य सुजनकुमार श्रेष्ठ र निर्देशक निशेस श्रेष्ठलाई अवार्डबाट सम्मानित गरेका थिए ।

विभिन्न ४० विधामा गरिएको प्रतिस्पर्धामा हिमालयन डगच्यु घरपालुवा जनावरहरुको खानाको न्याचुरल ट्रिट्स क्याटगोरीमा २०१९–२० को एनिमल एडिसनमा उत्कृष्ट हुन सफल भएको छ ।

अमेरिका, चीन, रसिया, वेलायत, जर्मन, भारतलगायतका १५० भन्दा वढी देशका कम्पनी प्रतिस्पर्धामा सहभागी थिए । । उनीहरुलाई ४० विधामा प्रतिस्पर्धा गराइएको थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन श्रेष्ठले यस अवार्डले विश्वलाई नेपाली कम्पनीको विश्वस्तियता र गुणस्तरको विश्वास दिलाउन सफल भएकोमा आफु र आफ्ना कर्मचारीहरु झन उत्साहित भएको वताए ।
१५ वर्षअघिको सपना यस अवार्डले पूरा गर्न मदत गरेको भन्दै आगामी दिनमा अझ मेहनत गर्दै जाने समेत वताए । सन २००३ मा नेपाली छुर्पीलाई अमेरिका लगी कुकुरको खाना उत्पादन गर्न अध्ययन गरेको थियो ।

सन् २००७ वाट व्यवसायीक रुपमा आफ्ना उत्पादन बजारमा ल्याएको थियो । सुमन श्रेष्ठ, निशेस श्रेष्ठ र सुजनकुमार श्रेष्ठले अमेरिकामा सुरु गरेको यस व्यवसाय हाल अमेरिका, जापान, क्यानडालगायतका देशमा कुकुरको खाना उत्पादन गरि निर्यात गर्दै आएको छ ।

प्रकाशित : ६ श्रावण २०७६, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह