Logo

Banner-news

पोखरामा आँप प्रतिकिलो ६५० रुपैयाँ, जुस ४०० रुपैयाँ प्रतिकप !


GDP Nepal
   ९ श्रावण २०७६, बिहिबार


काठमाडौं । नेपालमा बजारमूल्य अनुगमन तथा नियन्त्रणसम्बन्धी प्रभावकारी व्यवस्था नहुँदा उपभोक्ताबाट मनपरी मूल्य असुल्ने क्रम बढेको छ । राजधानी काठमाडौंमा उपभोक्ता अधिकारकर्मी तथा सर्वसाधारण र मिडिया जागरुक हुँदासमेत व्यवसायीले मनपरी मूल्य निर्धारण गरेका छन् भने राजधानीबाहिरको अवस्था झनै दयनीय छ ।

पर्यटकीय नगरी पोखरामा यतिबेला आँप प्रतिकिलो ६५० रुपैयाँसम्ममा बिक्री भइरहेको पाइएको छ भने फ्रेस जुसन प्रतिगिलास ४ सय रुपैंयाँमा बिक्री भइरहेको पोखराका प्रतिष्ठित व्यवसायी आनन्दराज बतास ले जानकारी दिएका छन् ।

बतासका अनुसार पोखरामा पर्यटक ठगिने क्रम बढ्दो छ । पोखराका ट्याक्सी मिटरमा जान नमान्ने समस्याका बारेमा बारम्बार आवाज उठाउँदै आएका बतासले बिहीबार फेसबुकमार्फत आँप र जुसको मूल्यका विषयमा टिप्पणी गरेका हुन् ।

बतासले पर्यटकलाई मनपरी ठग्नेमाथि कारबाही हुनुपर्ने तथा बजार अनुगमनमा पनि जोड दिएका छन् ।

प्रस्तुत छ, फेसबुकमा रहेको उनको टिप्पणीः
पर्यटकीय शहर पोखराको लेकसाईडमा यस्तै ठेला तथा साइकल व्यापारीले मनपरी सामानको मूल्य लिएको गुनासो पर्यटकबाट आएको छ । प्रतिकेजी आँप ६५० रूपैयाँ तथा फ्रेस जुस प्रति चियाकप ४०० रूपैयाँमा वेचेको मैले नै देखँे ।
पर्यटकलाई मनपरी ठग्नेहरूलाई खै कसले अनुगमन गर्ने हो ? गुणस्तर तथा नापतौल कार्यालय पोखराले ढक, तराजÞू अनुगमन गर्नुपर्ने हो कि ?

प्रकाशित : ९ श्रावण २०७६, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह