Logo

कर्पोरेट-बजार

३० औं कुरियर दिवसमा संघद्वारा वृक्षारोपण



GDP नेपाल
   २१ भाद्र २०८१, शुक्रबार


काठमाडौँ । नेपाल कुरियर सेवा संघको ३० औं कुरियर दिवस सम्पन्न भएको छ । कुरियर दिवसका अवसरमा संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारसँगै रहेको कुरियर वाटिकामा वृक्षरोपण गर्दै कुरियर दिवस सम्पन्न गरेको हो ।


सो अवसरमा नेपाल उद्योग वाण्ज्यि महासंघका उपाध्यक्ष हेमराज ढकालले विरुवा रोपेर कुरियर दिवसको उद्घाटन गरेका थिए ।


यस अवसरमा बोल्दै उपाध्यक्ष ढकालले कुरियर व्यवसाय अर्थतन्त्र विकासको मेरुदण्ड भएकोले यसले दिने सेवा र सुविधालाई द्रुत, स्वच्छ र प्रतिशपर्धि बनाउनु पर्नेमा जोड दिए ।
कुरियर अत्यावश्यक सेवाको रुपमा स्थापित भइसकेको बताउँदै उनले यस कुरियर व्यवसायको भूमीकालाई अलग्याएर नेपाली उत्पादनलाई विश्व सामु पुर्‍याउने कल्पना पनि गर्न नसकिने जनाए ।


उनले अर्थतन्त्रमा आएको सुंचन क्रमश हट्दै गएको र नयाँ सरकार गठन पश्चात अर्थतन्त्र सुधारउन्मूख भएकाले नेपाल उद्योग वाणिज्य महासंघले नीति नियमलाई सरलीकृत गर्न सहजीकरणको भूमीका निर्वाह गर्दै आइराखेको र वर्तमान अवस्थामा निजी क्षेत्रले भोग्दै आएका विकास चुनौतिका विषयमा सरकारको ध्यानाकर्षन गर्दै आइरहेको बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य पशुपतिदेव पाण्डेले नेपाली वस्तुलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन कुरियर क्षेत्रले जून भूमीका निर्वाह गरेको छ त्यो अत्यन्तै महत्वपूर्ण सेवा अन्र्तगत रहेको बताए ।
उनले समय सापेक्ष रुपमा यो व्यवसायलाई स्वच्छ, मर्यादित र प्रतिशपर्धि रुपमा अगाडी बढाउँदै व्यवसायीको हित र अधिकारमा लाग्न व्यवसायीलाई आग्रह गरे ।

पाण्डेले उत्पादीत वस्तुलाई कुरियर मार्फत अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सके यो क्षेत्रले धेरै लाभ लिनसक्नेमा जोड दिए ।
उनले संघलाई व्यवसायीका समस्या र चुनौतीमा लाइफल लाइनको भूमीका निर्वाह गर्न समेत आग्रह गरे ।


कार्यक्रममा संघका अध्यक्ष दिपेश सुवेदीले संघ स्थापना भएको ३० औँ वर्षको खुसियालीमा संघका सदस्यहरुसमक्ष आपसी सद्भाव, एकता र कुरियर सेवाले प्रदान गरेको रोजगारीका अवसर र आर्थिक उपार्जनका पाटोका विषयमा चर्चा गरे ।


उनले यस सातालाई आफूहरुले कुरियर वृक्ष सप्ताहका रुपमा मनाउने बताए । उनले हरेक वर्ष कुरियर दिवसमा वाटिका वृक्ष रोपन कार्यक्रम गर्ने र वातावरणलाई स्वच्छ राख्ने अभिप्रायले यस प्रकारको विशेष कार्यक्रम राखिएको बताए ।


यो अवसरमा संघका पूर्वअध्यक्ष र सदस्यहरुको उपस्थितिमा कुरियर वाटिका परिसरमा केक काटी दिवस सम्पन्न भएको र आउँदो साता पोखरामा बार्षिक साधारण सभाको तयारी गरिएको पनि संघले जानकारी दिएको छ ।

प्रकाशित : २१ भाद्र २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह