Logo

कर्पोरेट-बजार

ठमेलमा ठमेल नखः महोत्सव असोज ११ गते


GDP नेपाल
   ४ आश्विन २०८१, शुक्रबार


काठमाडौं । ठमेल पर्यटन विकास परिषद् र दि काठमाडौं पोस्टको सहकार्यमा ४४ औं विश्व पर्यटन दिवस–२०२४ को अवसरमा ठमेलमा ठमेल नखः महोत्सव हुने भएको छ ।

बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी विश्व पर्यटन दिवसको अवसरमा असोज ११ गते महोत्सवको आयोजना गर्न लागेको परिषद्ले जानकारी दिएको हो ।

संस्कृति, संगीत, कला र खानाको अतीय संयोजन रहने महोत्सव ठमेलको भावना र पर्यटनका लागि गतिशील हबको रूपमा विकास गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो ।

विज्ञप्तिमा लेखिएको छ,‘महोत्सवमा संस्कृति, संगीत, कला र खानाको अतीय संयोजन रहनेछ।ठमेलको भावना र पर्यटनका लागि गतिशील हबको रूपमा विकास गर्ने उद्देश्यले आयोजना गरिएको ठमेल नखः ले नेपालको सांस्कृतिक सम्पदाहरूका विविध अनुभवहरू प्रदान गर्ने एक अद्वितीय हुनेछ। उत्सवको जीवन्त वातावरणमा स्थानीय र यात्रुहरूलाई एकसाथ ल्याउन कार्यक्रम सेट गरिएको छ ।’

यस्ता छन् महोत्सवका मुख्य आकर्षण

 १. सांस्कृतिक उत्सव: नेपालको समृद्ध सांस्कृतिक सम्पदा झल्काउने परम्परागत र समसामयिक नृत्य, संगीत र नाटकको उत्सव ।

२. कान्तिपुर कलाः ठमेल र काठमाडौंको कलात्मक खभावको सारलाई समाने स्थानीय कलाकारहरूद्वारा कला प्रदर्शनी र प्रत्यक्ष कला स्थापनाहरू ।

३. चङ्गाहरूले भरिएको आकाशः ठमेलको आकाशमा स्वतन्त्रता र सृजनात्मकताको प्रतीक चङ्गाहरूको प्रदर्शन

४. सात घुम्तीको स्वादिष्ट यात्रा: स्थानीय र अन्तर्राष्ट्रिय परिकारहरू सहितको ठमेलको उत्कृष्ट स्वादका खानाको यात्रा।

५. मुए थाईको टाइटन्स: ठमेलको मुटुमा मय भाई खेलाडीहरूले आफ्नो सीप प्रदर्शन गर्दै मार्शल आर्टको रोमाञ्चक प्रदर्शन

६. सांगीतिक दबू: समकालीन बीटहरूसँग परम्परागत ध्वनिहरू मिसाउने लाइभ संगीत स्टेज।

७. त्बच’क ग्ए!: ट्याटु उत्साहीहरूका लागि एउटा अनुपम अनुभव, स्थानीय ट्याटु कलाकारहरूको कलात्मकता र ठमेलमा शरीर कला संस्कृतिलाई हाइलाइट गरिने ।

प्रकाशित : ४ आश्विन २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह