Logo

कर्पोरेट-बजार

प्रतितोला ६ सय रुपैयाँले घट्यो सुनको मूल्य


GDP नेपाल
   १३ आश्विन २०८१, आइतबार


काठमाडौं । साताको पहिलो कारोवार दिन आज नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आइतबार भने ६ सय रूपैयाँले घटेको हो । 

यसअघिको हप्ता सुन लगातार बढिरहेको थियो भने  आज यस हप्ताको सुरूको  दिनमा सुन घटेको  छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला १ लाख ६० हजार ६ सय रूपैयाँ पुगेको छ ।  शुक्रबार सुन प्रतितोला १ लाख ६१ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । 

यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला ६ सय रूपैयाँ कम  हो। त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार प्रतितोला १९ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी आज १० रूपैयाँले घटेर १९ सय ४५ मूल्यमा किनबेच भइरहेको छ ।

प्रकाशित : १३ आश्विन २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह