Logo

कर्पोरेट-बजार

तीन दिनसम्म अधिकतम मूल्यमा हवाई टिकट बिक्री नगर्ने संघको निर्णय


GDP नेपाल
   १३ आश्विन २०८१, आइतबार


काठमाडौँ । वायुसेवा कम्पनीहरुले अधिकतम मूल्यमा हवाई टिकट बिक्री नगर्ने भएका छन् । वायुसेवा सञ्चालक संघको बैठकले आगामी तीन दिनसम्म नागरिक उड्डयन प्राधिकरणले तोकेको भाडाको तल्लो विन्दुमै रहेर टिकट बेच्ने निर्णय गरेको हो ।

बाढीपहिरोका कारण सडक अवरुद्ध भएको बेला हवाई सेवामा भाडा बढेसँगै चौतर्फी विरोध भएपछि वायुसेवा कम्पनीहरुले आगामी तीन दिनसम्म भाडा नबढाउने निर्णय गरेका हुन् ।

यसअघि दशैं नजिकिएसँगै हवाईसेवा कम्पनीहरुले क्यानले तोकेको माथिल्लो विन्दुको भाडा लिएर टिकट बिक्री गर्दै आएका थिए ।

यस्तै, संघले आफ्नो सेवा बापत सरकारलाई इन्धन, विमानस्थल शुल्क, ल्याण्डिङ र पार्किङलगायतको शुल्क घटाउन माग गरेको छ ।

प्रकाशित : १३ आश्विन २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह