Logo

राजनीति

बाढी–पहिरो पीडितका लागि एमालेले ५० लाख जम्मा गर्ने


GDP नेपाल
   १५ आश्विन २०८१, मंगलबार


काठमाडौं । नेकपा एमालेले बाढी तथा पहिरो पीडितहरुलाई राहत दिन सरकारी कोषमा ५० लाख जम्मा गर्ने भएको छ ।मंगलबार बसेको पार्टी सचिवालय बैठकले यस्तो निर्णय गरेका पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिए ।

उनले भने, ‘राज्यको तर्फबाट एक अरब छुट्याउने काम गरिसकेको छ । त्यसमा पनि पार्टी कोषबाट ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ ।’

यस्तैगरी उनले विपत्तिमा परेकाहरुको राहत र उद्धारमा पार्टी पँक्तिलाई खटाईएको र त्यसलाई निरन्तरता दिने पनि निर्णय भएको बताए ।

त्यस्तै, प्रतिनिधिसभा सदस्यहरुबाट पनि कोषमा सहयोग गर्नका लागि आग्रह गर्ने निर्णय भएको उनले जानकारी दिए ।
०००

प्रकाशित : १५ आश्विन २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह