Logo

बैंक / बिमा /शेयर

सिटिजन्स बैंकले बोलायो साधारण सभा


GDP नेपाल
   २१ आश्विन २०८१, सोमबार


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । सभा अमृतभोग कालिकास्थान काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ ।

सभामा बैंकले ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद गरी कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ ।
साथै, बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज हुन तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखेमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

बोनस सेयर बितरण पश्चात बैंकको चुक्ता पुँजी बृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ ।
गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ । चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती गर्ने एजेन्डा पनि छ ।
साधारण सभा तथा लाभांश प्रयोजनका लागि यस बैंकले असोज २९ गते बुक क्लोज गर्ने भएको छ । तर, लगानीकर्ताले लाभांश हात पार्न दसै अघिनै सेयर खरिद गर्नु पर्ने हुन्छ । किनकि, असोज २४ देखि असोज २८ गतेसम्म सार्वजनिक विदा परेको छ । तसर्थ, असोज २३ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित : २१ आश्विन २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह