Logo

बैंक / बिमा /शेयर

शिखर पावर डेभलपमेन्टको आईपीओ बिक्री खुला


GDP नेपाल
   १७ फाल्गुन २०८२, आइतबार


काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ बिक्री खुला भएको छ । कम्पनीले सर्वसाधारणका लागि १८ लाख ४२ हजार ६०० कित्ता आईपीओ बिक्री खुला गरेको हो।

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेको छ। कुल जारी पूँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात ३२ लाख कित्ता शेयर निष्काशनको अनुमति पाएको कम्पनीले स्थानीय बासिन्दालाई ९ लाख ८० हजार कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख २२ हजार कित्ता र सामूहिक लगानी कोषलाई १ लाख ११ हजार कित्ता बाँडफाँट गरिसकेको छ।

कर्मचारीका लागि ४४ हजार ४०० कित्ता छुट्याएर बाँकी रहेको शेयर सर्वसाधारणका लागि खुला गरिएको हो।
प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य रहेको उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। छिटोमा फागुन २२ गते र ढिलोमा चैत १ गते निष्काशन बन्द हुनेछ।


आईपीओ निष्काशनको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखाबाट आवेदन दिन सक्नेछन्।
इक्रा नेपालले कम्पनीलाई ‘डबल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरिरहेको ४.९६ मेगावाट क्षमताको भिमखोला साना जलविद्युत आयोजनाको कुल लागत १ अर्ब १९ करोड ९४ लाख रुपैयाँभन्दा बढी रहेको छ। आयोजनाको प्रतिमेगावाट लागत करिब २४ करोड १८ लाख रुपैयाँ रहेको छ। आयोजनाबाट २०८१ फागुन २५ गतेदेखि व्यवसायिक उत्पादन सुरु भइसकेको छ।

प्रकाशित : १७ फाल्गुन २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह