Logo

कर्पोरेट-बजार

स्याङजाको सुन्तला र पर्यटन प्रवर्धनसम्बन्धी कार्यक्रममा सहकार्य गर्ने अध्यक्ष ढकालको प्रतिबद्धता



GDP नेपाल
   ३० आश्विन २०८१, बुधबार


स्याङजा । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्याङजाको सुन्तला, कफी र पर्यटन प्रवर्धनसम्बन्धी सम्भाव्य योजना तथा कार्यक्रम बने सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

स्याङजा जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले १० अर्ब रूपैयाँको लगानी कम्पनी स्थापना भएको र त्यसले काम सुरु गरिसकेको जानकारी गराउँदै स्वदेशी लगानीबाट पनि सकारात्मक सन्देश प्रवाह गर्न सकिने बताए ।


उनले भने, ‘जिल्ला जिल्लाका व्यावसायी साथीहरू लगानीका लागि अवसर खोजिरहनु भएको छ त्यसलाई एकिकृत गर्ने हो भने पुँजीको कुनै समस्या हुदैन ।’
अध्यक्ष ढकालले भने, ‘यतिबेला बैंकमा निक्षेप पर्याप्त छ, व्याजदर निकै घटेको छ । यस्तो बेला नेपालमा नै लगानीको अवसर छ भन्ने सन्देश प्रवाह गर्नुपर्छ ।’


उनले यो डेढ वर्षको अवधिमा लगानी प्रवद्र्धनका लागि देश भित्र र बाहिर आफुहरूले निरन्तर अभियान सञ्चालन गरेको जानकारी गराउँदै आफुहरूकै पहलममा सरकारले लगानी मैत्री वातावरण बनाउन ८ वटा कानून शंशोधन गरेको जानकारी गराए ।
नीजि क्षेत्रले उठाउदै आएको मर्यादाक्रमको विषय, कर सम्बन्धी समस्या लगायतका विषयमा आफुहरू निरन्तर लागिरहेको जानकारी गराए ।

प्रकाशित : ३० आश्विन २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह