Logo

राजनीति

प्रधानमन्त्री ओलीलाई रविको प्रश्नः तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चड्नुपर्ने हो ?


GDP नेपाल
   २ कार्तिक २०८१, शुक्रबार


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले कसैलाई पनि नठगेको बताएका छन् । 

शुक्रबार कास्की जिल्ला अदालतले लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै उनले सामाजिक सञ्जालमार्फत लामो स्पष्टीकरण दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘तपाईँको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा हतकडी ?’ भन्दै प्रश्न गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकान छन्, ‘सरकार मर्‍यो,हामीलाई जुठो पर्‍यो ११ तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी ? , तपाईं विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने ? तिमीहरु राज्यका भए भरको शक्ति लगाएर अनुसंन्धान गर्दापनि केही भेट्दैनौँ अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चड्नु पर्ने ? तिमी र तिम्रा नेता मिलेर सहकारी बाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भैदिनु पर्ने ? ’

साथै उनले प्रमाणित भ्रष्टाचारीबाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने मैले ठगीको आरोप खेपी दिनुपर्ने भन्दै आक्रोश पोखेका छन् । यस्तै उनले अहिलेलाई,सरकार मरेर आफूलाइ जुठो परे पनि न्यायलयप्रती आशा र न्याय प्रेमी जनता प्रति भरोसा रहेको बताएका छन् ।

प्रकाशित : २ कार्तिक २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह