Logo

कर्पोरेट-बजार

सिंगापुरका लगानीकर्ता र नेपाल चेम्बरबीच व्यापार सहजीकरण गर्ने समझदारी


GDP नेपाल
   ४ कार्तिक २०८१, आइतबार


काठमाडौं । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र सिंगापुर इण्डियन चेम्बर अफ कमर्स (एसआईसीसीआई) बीच लगानी र व्यापार सहजीकरण गर्ने समझदारी भएको छ ।

चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल र एसआईसीसीआई बीच नेपालको जलविद्युत, पर्यटन खनिज लगायत अन्य प्राकृृतिक श्रोतहरुमा लगानीका लागि समझदारी भएको छ ।

सिंगापुर भ्रमणका क्रममा अध्यक्ष अग्रवालले एसआईसीसीआईका पदाधिकारीसंग नेपालको लगानीका क्षेत्र र अवसरबारे जानकारी गराउनुभएको थियो । अध्यक्ष अग्रवालले भन्नुभयो, ‘नेपालमा जलविद्युत, पर्यटन, खानी एवं प्राकृतिक अन्य श्रोतहरुमा लगानीका लागि सिंगापुरका लगानीकर्ताहरु समक्ष आग्रह गर्दछु, । नेपालमा हुने लगानीको प्रतिफल सुनिश्चितताका लागि नेपाल चेम्बर अफ कमर्सले सहजीकरण गर्ने अध्यक्ष अग्रवालले प्रतिवद्धता जनाउनुभयो ।

नेपालमा राजनीतिक स्थिरता, कानूनी पाटोमा सुधार हु“दै गएकाले लगानीका लागि उपयुक्त वातावरण बन्दै गएको उहा“ले लगानीकर्ताहरुलाई अवगत गराउनुभयो ।

पर्यटकीय दृष्टिकोणले समेत नेपाल विश्वकै उत्कृष्ट गन्तव्य बन्दै गएको भन्दै अध्यक्ष अग्रवालले लगानीका लागि आग्रह गर्नुभयो ।
नेपाल र सिंगापुर दुवै मुलुकले लगानी र व्यापारिक साझेदारी मार्फत आर्थिक फाईदा लिन सक्नुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिनुभयो । नेपाल भ्रमणका लागि समेत उहा“ले एसआईसीसीआईका पदाधिकारीलाई आग्रह गर्नुभयो ।

प्रकाशित : ४ कार्तिक २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह