Logo

कर्पोरेट-बजार

सुनको मूल्यमा नयाँ किर्तिमान, तोलाकै १ लाख ६६ हजार ७ सय रुपैयाँ


GDP नेपाल
   ७ कार्तिक २०८१, बुधबार


काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। बुधबार एकै दिन प्रतितोला ८ सय रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६६ हजार ७ सय रुपैयाँ तोकेको छ । यसअघि मंगलबार १ लाख ६५ हजार ९ सय रूपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि ३५ रूपैयाँले बढेको छ । मंगलबार तोलामा २ हजार १ सय रूपैयाँमा कारोवार भएको चाँदी आज ३५ रूपैयाँले बढेर २ हजार १ सय ३५ रूपैयाँमा कारोवार भइरहेको छ ।

प्रकाशित : ७ कार्तिक २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह