Logo

कर्पोरेट-बजार

पुष्प व्यवसायलाई प्रवर्द्धन गर्न मन्त्री श्रेष्ठको जोड


GDP नेपाल
   ८ कार्तिक २०८१, बिहिबार


काठमाडौं । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले बागमती प्रदेश सरकारले पुष्प व्यवसायलाई प्रवर्द्धन गर्नका लागि विशेष कार्यक्रम ल्याँउन लागिएको बताएका छन् ।

१७ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८१ को समुद्घाटन गर्दै मन्त्री श्रेष्ठले कसरी पुष्प व्यवसायलाई अगाडि बढाउन सकिन्छ त्यो अनुसार अगाडि बढ्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘कृषि क्षेत्रको विकास र प्रर्वद्घनमा विशेष गरी पुष्प व्यवसायलाई प्रर्वद्घन कसरी गर्न सकिन्छ भन्ने उद्देश्यले पुष्प व्यवसायीलाई प्राथमिकतामा राखेर एउटा विशेष कार्यक्रम ल्याँउन लागेका छौं । बागमती प्रदेश सरकार मातहतमा रहेका हाम्रो कार्यालयहरुसँग समन्वय गरेर कृषि क्षेत्रको विकास र प्रर्वद्घनमा विशेष गरी पुष्प व्यवसायी खेतीको लागि प्रर्वद्घन कसरी गर्न सकिन्छ भन्ने उदेश्यले काम अगाडि बढाउने क्रममा छौं ।’

साथै उनले पुष्प व्यवसायको विकासमा तीनै तहका सरकारले जोड दिनुपर्ने बताए । उनले संघियतामा मुलुक गैइसके पछाडि पुष्प व्यवसायी र सरकारबीच समन्वयको अभाव भएको बताए ।

प्रकाशित : ८ कार्तिक २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह