Logo

कर्पोरेट-बजार

स्वर्गीय अमात्य प्रति तयारी पोशाक उद्यमीहरुद्वारा श्रद्धाञ्जली व्यक्त


GDP नेपाल
   १४ कार्तिक २०८१, बुधबार


काठमाडौँ । स्वर्गीय केदार बहादुर अमात्यको आत्माको चिर शान्तिको कामना गर्दे नेपाल तयारी पोशाक उद्योग संघले मंगलबार एक श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । संस्थाका पूर्वअध्यक्ष समेत रहेका अमात्यको गत भदौ २८ गते निधन भएको हो ।

तयार पोशाक उद्योग संघको जग्गा प्राप्ती एवं भवन निर्माणमा समेत महत्वपूर्ण भूमीका राख्ने दूरगामी सोच भएका असल उत्प्रेरक एवं उद्यमी गूमाउनुपर्दा आफू स्तब्ध भएको संघका अध्यक्ष पशुपति देव पाण्डेले बताए ।

“उहाँले सुम्पेर जानुभएको यो संरचनाको संरक्षण र यस क्षेत्रको विकास र विस्तारसँगै निकासीलाई बढावा दिन सके उहाँ प्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ”, पाण्डेले भने ।

यस्तै, संघका पूर्व अध्यक्ष चण्डि प्रसाद अर्यालले संघले एउटा असल पथप्रदर्शक गूमाएको बताए । “अत्यन्तै सरल र कर्तव्य निष्ठा व्यक्तित्वको रुपमा मैले उहाँलाई चिन्ने मौका पाए”, अर्यालले भने ।

सो सभामा संघका पदाधिकारी लगाएत संघमा आबद्ध व्यत्तिहरुले स्वर्गीय अमात्यको योगदान र उनले संघप्रति निर्वाह गरेको भूमीकाको विषयमा आफ्नो धारणा राखेका थिए ।

अमात्य ललितपुर उद्योग वाणिज्य संघको अध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यको रुपमा समेत रहेका थिए ।

प्रकाशित : १४ कार्तिक २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह