Logo

कर्पोरेट-बजार

म्याराथन धावक शम्भु प्रसाद दाहाललाई सोल्टी क्लब नेपालको सम्मान  


GDP नेपाल
   २४ कार्तिक २०८१, शनिबार


काठमाडौँ । म्याराथन धावक शम्भु प्रसाद दाहाललाई सोल्टी क्लब नेपालले सम्मान गरेको छ । अमेरिकाको सिकागो सहरमा गत अक्टोबरमा भएको विश्व म्याराथन प्रतियोगीतामा ४२ किलोमिटरको दूरी ४ घण्टा ३३ मिनेट ३९ सेकेन्डमा पूरा गरि नेपालको तर्फबाट कृतिमान राख्न सफल ६३ वर्षीय योग साधक एवं सफल व्यवस्थापक शम्भु प्रसाद दाहाललाई आज एक समारोहकाबीच सोल्टी क्लब नेपालले सम्मान प्रदान गरेको हो । 

६३ वर्षको उमेरमा ४२ किलोमिटर दूरी ४ घण्टा ३३ मिनेटमा पार गरेर पुरस्कार हासिल गर्नु नै नेपालीका लागि गौरवको विषय भएको सोल्टी क्लब नेपालका अध्यक्ष दमन बस्नेतले बताए । खेल जगतमा दाहालले पुर्याएको योगदानबाट नेपालीहरुले प्रेरणा लिनुपर्ने उनको भनाई थियो । 

यस्तै, कार्यक्रममा सम्मान ग्रहण गर्दै दाहालले आफू दौडदा आनन्दको महसुस हुने र यो आफ्नो नियमित नित्य कर्म जस्तो भइसकेको बताए ।

“दौडले मानिसलाई स्वस्थ राख्न सहयोग गर्छ,” दाहालले भने “शारीरीक अभ्यासका धेरै विधि र प्रकृया छन् तर आफूलाई यो विधामा टिकाइराख्न सफल भएकोमा आनन्दको महसुस भएको छ ।”

म्याराथन दौडले आफूलाई स्वनियममा बस्न समेत सिकाएको दाहालले बताए । दैनिक २ घण्टा योग अभ्यास र दौडलाई प्रार्थमिकता दिँदै आएको बताउँदै उनले क्लबमा आबद्ध सम्पूर्ण सदस्यहरुलाई नियमित शारीरीक अभ्यास शरीरका लागि अति आवश्यक रहेकोले दौडलाई प्रार्थमिकतामा राख्न अनुरोध गरे । त्यस्तै,सोल्टी क्लब नेपाललाई धन्यवाद दिँदै दाहालले क्लबको सम्मानले आफूमा हौसला थपेको जनाए ।  

कुशल व्यवस्थापकका रुपमा सिप्रदी प्रा.लि मा प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेका दाहाल पतञ्जलीयोग गूरुका रुपमा समेत परिचित छन् । तीन दशक भन्दा लामो समयमा योग साधनामा तल्लीन दाहाल विभिन्न सामाजीक संघ संस्थामा समेत सक्रिय रहँदै आएका छन् । उनी रोटरी क्लब अफल काठमाडौँ वेष्ट, ओम आदि फाउन्डेसन जस्ता संघसंस्थामा समेत संलग्न छन् । 

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष दिलिप कुमार ढुंगाना, पत्रकार जीवराम भण्डारी लगाएतका व्यक्तित्वहरुले दाहालले खेल जगतका लागि निर्वाह गरेको भूमीकाको चर्चा गरे । सो अवसरमा क्लबमा आबद्ध प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो । 

प्रकाशित : २४ कार्तिक २०८१, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह