Logo

Banner-news

नाममात्रका हाइब्रिड गाडीले कर छुट नपाउने, सुजुकीले पूरै पैसा तिर्नुपर्ने


GDP Nepal
   १० भाद्र २०७६, मंगलबार


काठमाडौं । सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत हाइब्रिड गाडीलाई लाग्ने करमा बम्पर छुटको घोषणा गरेसँगै यसको दुरुपयोगको श्रृंखलासमेत सुरु भइसकेको छ । खासगरी सुजुकी ब्राण्डका विभिन्न मोडलका गाडीले हाइब्रिड भन्दै पूर्ण रुपमा पेट्रोलबाट चल्ने गाडी भित्र्याएपछि यो विवादको विषय बन्दै गएको छ र हाल यससम्बन्धी एउटा मुद्दा अदालतमा पनि बिचाराधीन छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले पनि हाइब्रिड लेखेकै भरमा यस्तो सुविधा दिन नसकिने स्पष्ट पारेका छन् । मंगलबार भृकुटीमण्डपमा नाडा अटो शोको उद्घाटन समारोहमा मन्त्री अतिवडाले हाइब्रिड सुविधाको दुरुपयोग गर्दै अहिले ल्याइएका गाडीले अन्य गाडीसरह पूर्ण कर तिर्नुपर्ने संकेत गरेका छन् र

नाडा अटो शो मा सुजुकीको गाडी अर्थमन्त्रीलाई देखाउँदै सिजी मोटोकर्पका करण चौधरी ।

पछिल्लो समय मोटर आयातकर्ताहरुले १० प्रतिशत पनि पेट्रोलियम पदार्थ खपत नगर्ने गाडीमा पनि माइल्ड वा स्मार्ट हाइब्रिड भन्दै भित्र्याइरहेका छन् । यसरी गाडी आयातका कारण सुजुकी गाडीको आयातकर्ता सीजी मोटकर्प विवादमा तानिएको छ ।

अर्थमन्त्रीले सभामा भने– अहिले व्यवसायीहरुले व्याट्रीबाट स्टार्टमात्र हुने अनि सबै पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनलाई पनि हाइब्रिड भन्दै छुट माग्न आउन थालेका छन् । अहिले भन्सार नाकामा अड्किएका हाइब्रिड गाडीको प्रकृति त्यस्तै छ । सामान्य गाडीसरह पेट्रोलियम पदार्थ खपत गर्ने गाडीलाई हाइब्रिड लेखेको भरमा छुट दिन सकिँदैन ।
अर्थमन्त्रीको यस्तो अभिव्यक्तिसँगै स्मार्ट वा माइल्ड हाइब्रिडले पाउने सुविधासम्बन्धी विवादको अन्त्य भएको छ ।

यस्तै, अर्थमन्त्री खतिवडाले सवारी साधन एसेम्बल उद्योगको नाममा विदेशबाट पार्टपूर्जा आयात गरी स्वदेशमा जडानमात्र गरेर बिक्री गर्ने उद्योगलाई पनि छुट नदिने स्पष्ट पारेका छन् । उद्योगको नाममा भ्यालू एड नगरी सवारीसाधनको पार्टपूर्जा मात्र जडान गरी बिक्री गर्ने उद्योगलाई सरकारले छुट दिइरहन नसक्ने उनको भनाइ छ ।

प्रकाशित : १० भाद्र २०७६, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह