Logo

Banner-news

संघीय सरकारले किन अस्वीकृत गर्यो विराटनगर विमानस्थलको डीपीआर ?


GDP Nepal
   १३ भाद्र २०७६, शुक्रबार


विराटनगर । विराटनगर विमास्थललाई क्षेत्रीय–अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउने प्रस्ताव संघीय सरकारले अस्वीकार गरेको खुलेको छ । विराटनगर विमानस्थललाई स्तरोन्नति गर्ने प्रस्तावमा संघीय सरकारले अस्वीकार गरेसँगै पूर्वमा असन्तुष्टि पैदा भएको छ ।

संघीय सरकारले अस्वीकृत गरेपछि प्रदेश–१ का पर्यटन व्यवसायी आन्दोलित भएका छन् । विराटनगर विमानस्थललाई क्षेत्रीय–अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउन यो क्षेत्रका उद्योगी व्यवसायी र पर्यटन व्यवसायीहरूले डेढ दशकभन्दा लामो समयदेखि माग गर्दै आएका थिए ।

प्रदेश सरकारले समेत यो विमानस्थललाई उच्च प्राथमिकतामा राखेको थियो । प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले समेत सार्वजनिक समारोहहरूमा क्षेत्रीय–अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउने बताउँदै आएका थिए । तर, डीपीआर नै अस्वीकृत भएपछि प्रदेश सरकारसमेत आश्चयचकित भएको छ ।

तत्कालीन पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले समेत विराटनगर विमानस्थलको स्तरोन्नति गर्ने बताएका थिए । उनले विराटनगरका पर्यटन व्यवसायीसँग छलफल गरेर आवश्यक जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढाउन मोरङ प्रशासनलाई निर्देशनसमेत दिएका थिए ।

मन्त्री अधिकारीको निधनपछि कर्मचारीहरूले चलखेल गरेका कारण डीपीआर अस्वीकृत भएको पर्यटन व्यवसायीको बुझाइ छ ।

प्रकाशित : १३ भाद्र २०७६, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह