Logo

बैंक / बिमा /शेयर

नबिल बैंक आठौं पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रुपमा सम्मानित


GDP नेपाल
   २ मंसिर २०८१, आइतबार


काठमाडौं । नबिल बैंक यो वर्ष पनि सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ ।

मूल्य अभिवृद्धि कर लागू भएको दिन १ मंसिर स्मरण गर्दै २०६९ सालदेखि नेपाल सरकारले राष्ट्रिय कर दिवस मनाउँदै आएको ।
कर दिवसको अवसरमा सरकारले बैंक तथा वित्तीय संस्थातर्फ धेरै कर बुझाउने करदाताहरूका रूपमा नबिल बैंकलाई सम्मान गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने बैंकको रूपमा प्रमाणपत्रसहित सम्मान पाएको हो ।
शनिबार आन्तरिक राजस्व विभागमा भएको विशेष कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नबिल बैंकलाई पुरस्कृत गरेका हुन् । नबिल बैंकको तर्फबाट वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले सम्मान लिएका छन् ।


बैंकले योसहित आठौं पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मान भएको हो । यसअघि आर्थिक वर्ष २०६७/६८, २०७०/७१, २०७१/७२, २०७३/७४, २०७५/७६, २०७६/७७ र २०७७/७८ को विवरणको आधारमा पनि नबिलले सबैभन्दा बढी कर तिर्ने बैंकको सम्मान पाएको थियो ।

प्रकाशित : २ मंसिर २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह