Logo

कर्पोरेट-बजार

सबैभन्दा बढी आयकर तिर्ने नेपाल टेलिकम सम्मानित


GDP नेपाल
   २ मंसिर २०८१, आइतबार


काठमाडौँ । आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्‍याएकोमा नेपाल टेलिकम सम्मानित भएको छ ।

शनिबार राष्ट्रिय कर दिवस २०८१ को अवसरमा आयोजित एक कार्यक्रमबीच उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल टेलिकमलाई सम्मान पत्र प्रदान गरेका हुन् ।

टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले सो सम्मान ग्रहण गरिन् । आन्तरिक राजस्व विभागले हरेक वर्ष कर दिवसको अवसरमा सबैभन्दा धेरै कर तिर्ने व्यक्ति र संस्थालाई सम्मान गर्दे आइरहेको छ ।

प्रकाशित : २ मंसिर २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह