Logo

कर्पोरेट-बजार

भारतसँग व्यापार सहजीकरण गर्न राजदूत शर्मालाई चेम्बरको आग्रह


GDP नेपाल
   ४ मंसिर २०८१, मंगलबार


नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल सहितको पदाधिकारी र कार्यसमितिले भारतका लागि नवनियुक्त राजदूत शंकर शर्मासंग भेटवार्ता गरेको छ ।

काठमाडौंको जमलस्थित चेम्बर भवनमा मंगलबार भएको भेटवार्तामा चेम्बरले नेपाल भारत व्यापार सजीकरण एवं नेपालमा लगानीका लागि नवनियुक्त राजदूत शर्मा समक्ष आग्रह गरेको हो ।

चेम्बरका अध्यक्ष अग्रवालले भारतसंग नेपालले स्वतन्त्र एवं खुला व्यापार नीति अंगिकार गरेपनि व्यवहारिक लाभ प्राप्त गर्न नसकेको बताउनुभयो । भारतबाट हुने आयातमा खासै समस्या नरहेपनि निर्यातका क्रममा भान्सारमा सहजीकरण हुन नसकेको अध्यक्ष अग्रवालको भनाई छ । पर्यटन आर्कषण र लगानी मार्फत भारतसंगको व्यापार घाटा न्यूनीकरण गर्न समेत नवनियुक्त राजदूत शर्मालाई चेम्बरले सुझाव दिएको छ । चेम्बरका अध्यक्ष अग्रवालले भारतसंगको बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि जलविद्युत तथा सेवा क्षेत्रमा भारतीय लगानी आर्कषित गर्नुपर्नेमा जोड दिनुभयो ।

व्यापार सहजीकरणका लागि रेलवे ट्रान्सपोर्टेसनमा सहजीकरण, भन्सारमा अन्तराष्ट्रियस्तरको क्वारेन्नि ल्याव राख्नका लागि पहल गर्न समेत अध्यक्ष अग्रवालले नवनियुक्त राजदूत शर्मासमक्ष आग्रह गर्नुभयो । उच्चस्तरीय क्वारेन्टिन ल्याव भन्सारमा नहुँदा भारतबाट आयता –निर्यात हुने वस्तुहरुको गुणस्तर मापन हुन नसकेको भन्दै अध्यक्ष अग्रवालले राजदूत शर्माको ध्यानकर्षण गराउनुभयो ।

राजदूत शर्मासंग अध्यक्ष अग्रवालले भन्नुभयो, ‘भारतमा दिर्घकालिन व्यापारिक लाभ प्राप्त गर्नेगरी निर्यात सहजीकरण गरिनुपर्दछ । रेलवे तथा वाटरवेको प्रभावकारी सञ्चालनका लागि पहल कदमी गरिनुपर्दछ, ।’

चेम्बरका पदाधिकारीले विशाखापट्नम बन्दरगाह, उडिसाको धर्मा पोर्ट तथा गुजरातको मुन्द्रा पोर्डमा नेपाली व्यवसायीले अनावश्यक दुःख पाईरहेको गुनासो गर्नुभएको थियो । नेपाली सामान बोकेका कन्टेनरहरु लामो समयसम्म रोकिँदा अतिरिक्त भार बढेकाले पारवहन सहजिकरण गरिदिन चेम्बर पदाधिकारीले आग्रह गर्नुभयो ।

जवाफमा राजदूत शर्माले व्यापार घाटा न्यूनीकरण र निर्यात सहजिकरण आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले क्वारेन्टीन ल्याव स्थापनका लागि पहल गर्ने प्रतिवद्धता समेत जनाउनुभयो । नेपाल भारत निजी क्षेत्रबीच सहकार्य गराएर लगानी भित्र्याउनका लागि आफुले पहल गर्ने राजदूत शर्माको भनाई छ ।

प्रकाशित : ४ मंसिर २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह