Logo

Banner-news

जापान उडानको महत्वाकांक्षामा कहाँ चुक्यो वायुसेवा निगम ?


GDP Nepal
   १७ भाद्र २०७६, मंगलबार


काठमाडौं । गत सातादेखि जापानको ओसाका सिधा उडान शुरु गरेको नेपाल वायुसेवा निगमले साताको दुई दिनमात्रै उडान भर्ने भएको छ । एक सातामै उडान घटाउनुपर्ने अवस्था निगमलाई कसरी आयो भन्ने प्रश्न गम्भीर बनेको छ ।

निगमका कार्यकारी अध्यक्ष मदन खरेलको रहस्यमय बिदा बस्ने क्रम र जापान उडान असफलताले निगमको अधोगतिको संकेत गर्दछ । यतिमात्र होइन विभागीय मन्त्री योगेश भट्टराईसमेत यसमा हस्तक्षेप गर्ननसक्ने अवस्थामा पुग्नुलाई दुर्भाग्यका रुपमा हेरिएको छ ।

निगमले वाइड बडी जहाज भित्र्याएको एक वर्षपछि लामो गन्तव्यमा पहिलो पटक जापान उडान भरेको निगमले तत्काललाई यात्रुको सङ्ख्या कम रहेको भन्दै जापानमा उडान तालिका घटाएको हो । निगमले अव सातामा मङगलबार र शनिबार मात्र उडान गर्नेछ । यसअघि सातामा तीन दिन मङलबार, आइतबार र शनिबार उडान गर्ने कार्यतालिका थियो ।

तर, उपयुक्त बिजनेस प्लानको अभावमा निगमको उडान घटेको हो । पूर्वतयारीमै एनआरएनएका पूर्वअध्यक्ष देवमान हिराचनसँगको झगडा अर्को कारण बन्यो भने ओशाका उडान सातामा तीनवटा गर्नु अर्को महत्वाकांक्षा रह्यो ।

ओसाकास्थित कन्साई इन्टरनेशनल विमानस्थलमा निगमको २७४ सिट क्षमताको वाइड बडी ए–३०३०–२०० जहाजले पहिलो उडान गरेको थियो । त्यसयता जम्मा तीन उडान भएका छन् ।

पर्याप्त मात्रामा यात्रु नभएकाले उडान तालिका संशोधन गरी सातामा दुई दिन मात्रै ओसाका उडान गरिने निगमका सहायक प्रवक्ता सुलेख मिश्रले जानकारी दिएका छन् । उनका अनुसार दसैँ, तिहार र त्यसपछिको समयमा हालको उडान सङ्ख्या बढाएर चार पु¥याइनेछ ।

सन् १९९४ देखि निगमले ओसाका उडान गर्दै आएकोमा सन् २००७ मा जहाजको सङ्ख्या अपुग भएको भन्दै उडान स्थगन गरेको थियो । त्यसताका निगमले काठमाडौँदेखि चीनको साङ्घाई हुदैँ ओसाका उडाउने गरेको थियो ।

प्रकाशित : १७ भाद्र २०७६, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह