Logo

कर्पोरेट-बजार

नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन


GDP नेपाल
   १० मंसिर २०८१, सोमबार


नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन भएका छन् । नेपाल उद्योग परिसंघको आइतबार बसेको गभर्निङ काउन्सिल समितिले परिसंघको विधान अनुरुप पाण्डेलाई वरिष्ठ उपाध्यक्ष चयन गरेको हो ।


परिसंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नयाँ कार्यकालका लागि स्वतः अध्यक्ष हुने व्यवस्था अनुसार आगामी वार्षिक साधारण सभापछि पाण्डे स्वतः परिसंघको अध्यक्ष बन्नेछन् ।
२०७२ सालदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्यसँगै विभिन्न समितिमा रहेर काम गरिसकेका पाण्डे २०७५ देखि परिसंघको उपाध्यक्ष रहेका छन्।


काठमाडौंमा जन्मिएका पाण्डे तीन दशकदेखि निरन्तर निर्माण उद्योगमा सक्रिय छन् । सिभिल इन्जिनियरिङ, आवास र शहरी विकास, सडक तथा पुल, जलस्रोत व्यवस्थापन, संरचनात्मक प्रबलीकरणमा दख्खल राख्ने पाण्डे नेपाल आदर्श निर्माण कम्पनीका कार्यकारी निर्देशक हुन् । उनी हरित सामाग्री निर्माण, कृषि तथा शिक्षा क्षेत्रमा समेत सक्रिय छन्।


पाण्डेको लामो अनुभव तथा विज्ञताले परिसंघलाई थप गतिशिल बनाउँदै देशको अर्थतन्त्र सुधारका लागि नीतिगत रुपमा उनले महत्वपूर्ण भूमिका खेल्ने परिसंघको विश्वास छ ।

प्रकाशित : १० मंसिर २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह