Logo

कर्पोरेट-बजार

भन्सार शुल्क समायोजनले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने निजी क्षेत्रको ठहर


GDP नेपाल
   १३ मंसिर २०८१, बिहिबार


काठमाडौँ । भन्सार शुल्कमा गरिएको समायोजनले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने निजी क्षेत्रको ठहर छ । बिहिबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघले सरकारको यो निर्णयले सुनचाँदी क्षेत्रका साथ–साथै नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताएका छन् ।

“नेपाल सरकारको अर्थ मन्त्रालयले बजेट मार्फत सुनको आयातमा लगाइएको भन्सार शुल्कमा पुनावलोकन गरी सो शुल्कलाई पुनः समायोजन गर्ने निर्णय सहित कार्यान्वयन गरेकोमा महासंघहरु आभार प्रकट गर्दै धन्यवाद व्यक्त गर्दछ,” विज्ञप्तिमा भनिएको छ “नेपाल सरकारले आर्थिक वर्ष २०८१/८२को बजेट मार्फत सुनको आयातमा लगाउदै आएको भंसार शुल्कमा अस्वाभाविक रुपमा वृद्धि गरी २० प्रतिशत पुर्‍याएकोले संपूर्ण गहना व्यवसाय नै धरासायी हुने अवस्था आएकोले पुरानै दर कायम राख्नुपर्ने साथै आवश्यक कानूनको तर्जुमा एवं निर्देशिका कार्यान्वयन हुनुपर्ने लगायतका मागहरु राखी महासंघहरुद्वारा संयुक्त रुपमा शान्तिपूर्ण विरोधका कार्यक्रमहरु महासंघहरु सहित नेपाल सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आइरहेको थियो । यस क्षेत्रले निर्यात प्रवर्द्धन, रोजगारी विस्तार, राजश्व अभिवृद्धि आदिमा महत्वपूर्ण योगदान पुर्याइरहेको अवस्थामा भन्सार शुल्कमा गरिएको समायोजनले सुनचाँदी क्षेत्र साथ–साथै नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने पनि महासंघहरु विश्वास व्यक्त गर्दछन् ।”

प्रकाशित : १३ मंसिर २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह