Logo

बैंक / बिमा /शेयर

सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक ग्लोबल आइएमई बैंक


GDP नेपाल
   १५ मंसिर २०८१, शनिबार


काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स रग्लोबल आइएमई बैंकबीच मुख्य प्रायोजन सम्झौता भएको छ ।

काठमाडौँमा आयोजित कार्यक्रममा ग्लोबल आइएमई बैंक र सुदूरपश्चिम रोयल्सबीच सम्झौता भएको हो ।
रोयल्सका तर्फबाट मालिक स्वतन्त्र प्रताप शाह र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले सम्झौतामा हस्ताक्षर गरेका छन् । मालिक शाहले रोयल्सको एनपीएल यात्रामा सहकार्य गर्न साथ जोडिएकामा ग्लोबल आईएमई बैंकलाई धन्यवाद दिए ।


डेपुटी सीईओ पोखरेलले सुदूरपश्चिमसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे । सुदूरपश्चिम रोयल्सले यसअघि एनपीएलाई एजुकेसन पार्टनर, ग्याजेट पार्टनरमा एक्स एज, मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल, एअरलाइन्स पार्टनरमा नेपाल एअरलाइन्स, इन्स्योरेन्स पार्टनरमा सलिको, ट्राभल पार्टनरमा राइका टुर्स एन्ड ट्रेक्स, टेलिकम पार्टनरमा नेपाल टेलिकम, स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाई र कुमारी जबलाई करिअर पार्टनरका रूपमा भित्र्याएको थियो ।


एनपीएलको अवधिभर टोलीले म्यारिएट काठमाडौँमा बसोबास गर्न सहकार्य सम्झौता पनि गरिसकेको छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आज (मंसिर १५) देखि पुस ६ गतेसम्म काठमाडौँको कीर्तिपुरमा एनपीएल हुँदैछ सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी हुन् । मेन्टरमा अस्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमाटा छन् । सुदूरपश्चिमले मंसिर १८ गते पहिलो खेल विराटनगर किंग्ससँग खेल्नेछ ।

प्रकाशित : १५ मंसिर २०८१, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह