काठमाडौँ । गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ ।
बैंकले संस्थापक समूहको ३ लाख ६० हजार ८२.४३ कित्ता सेयर बिक्रीमा ल्याएको हो । जसमध्ये २ लाख ५१ हजार ९५२.११ कित्ता सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले खरिद गर्न सक्नेछन् भने बाँकी रहेको १ लाख ८ हजार १३०.३२ कित्ता अन्य व्यक्ति तथा संस्थाले किन्न सक्नेछन् ।
संस्थापक सेयरधनीले ३५ दिनभित्र बैंकको प्रधान कार्यालय लाजिम्पाट, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई आवेदन दिनु पर्नेछ । सो अवधिसम्म संस्थापकहरुबाट सेयर खरिद गर्न कुनै आवेदन नआए अन्य व्यक्ति वा संघसंस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।
अन्य व्यक्ति तथा संस्थाले भने बिक्रीमा राखिएको सेयरमा १५ दिनभित्र खरिद निवेदन दिनुपर्नेछ।
प्रतिक्रिया