Logo

कर्पोरेट-बजार

नेपालका एक लाख उद्यमीलाई मोटिभेसनल तालिम दिइने


GDP नेपाल
   १६ मंसिर २०८१, आइतबार


काठमाडौं । आन्टरप्रेनर्स क्लब ग्लोबलले नेपालका एक लाख उद्यमीहरुलाई मोटिभेसनल तालिम दिने भएको छ ।काठमाडौमा आयोजित एक कार्यक्रममा आन्टरप्रेनर्स क्लब ग्लोबलले सो जानकारी दिएको हो ।

आन्टरप्रेनर्स क्लब ग्लोबलको नियमित कार्यक्रम सिरिज अन्तर्गत नोभेम्बर सिरिजको सो कार्यक्रम भएको आन्टरप्रेनर्स क्लब ग्लोबलले जनाएको छ ।
नोभेम्बर सिरिजको उक्त कार्यक्रममा संयुक्त राज्य अमेरिकाको युनिभर्सिटी अफ न्यूयोर्कका प्रोफेसर डा।राजन थपलियालाई स्पिकरको रुपमा आमन्त्रण गरिएको थियो ।

स्पिकरका रूपमा डा. थपलियाले नेपाललाई एआई हबको रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावनाहरु रहेको धारणा व्यक्त गरे ।
एआइले परम्परागत प्रद्धतिलाई विस्थापित गरी नयां प्रविधिको विकास गर्दैरहेको सन्दर्भमा नेपाल जस्तो भूपरिवेष्ठित मुलुकले पनि एआइको क्षेत्रमा लिड गर्न सक्ने उनले बताए । त्यसका लागि सरकार र आन्टरप्रेनर्स दुवैको भूमिका महत्वपूर्ण रहेको उनले बताए ।
डा. थपलिया डाटा जुपिटरका फाउन्डर सिईओ हुन् ।

उनले एआई विज्ञका रूपमा संयुक्त राज्य अमेरिकाको पाँचभन्दा बढी विश्वविद्यालयहरूमा भिजिटर्स प्राध्यापकका रुपमा प्राध्यापन गर्दै आएका छन् ।

त्यसैगरी अर्का वक्ताका रुपमा अमेरिकामै प्रोजेक्ट म्यानेजमेन्टमा काम गरिरहेका अमर हजारियाले आफ्नो कार्यपत्र सहितको वक्तव्य प्रस्तुत गरेका थिए ।
आयोजक आन्टरप्रेनर्स क्लब ग्लोबलका अध्यक्ष शम्भु पोखरेलल आन्टरप्रेनर्स क्लब ग्लोबलले आन्टरप्रेनर्स हरूको सैद्धान्तिक, प्राविधिक विकास र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कनेक्सनमा सक्रिय भूमिका निर्वाह गर्दै आएको बताए। युवाहरूमा आन्टरप्रेनर्स माइन्ड प्रस्फुटन गराउन सके युवाहरू विदेश पलायन हुने अवस्था रोक्न सकिने अध्यक्ष पोखरेलले बताए ।


आन्टरप्रेनर्स क्लब ग्लोबलको नियमित सिरिज अन्तर्गत अर्को कार्यक्रम डिसेम्बर अन्त्यमा हुने आयोजकले बताएका छन् । कार्यक्रममा १०० भन्दा बढी नेपालका उद्यमीहरु सहभागी भएका थिए ।

प्रकाशित : १६ मंसिर २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह