Logo

कर्पोरेट-बजार

तारा एयरले सुरू गर्‍यो सुर्खेतबाट कर्णालीका तीन जिल्लामा उडान



GDP नेपाल
   २० मंसिर २०८१, बिहिबार


मुगु । सुर्खेत बाट कर्णालीका तीन जिल्लामा उडान शुरुभएको छ । लामो समयदेखि सुर्खेत बिमानस्थलबाट उडान नभएका कर्णालीका तीन जिल्लामा बुधबारबाट तारा एयरलाइन्सले उडान सुरू गरेको छ ।

सुर्खेतबाट कर्णालीका हुम्ला,मुगु र जुम्लामा तारा एयरले उडान सुरु गरेको हो। हवाई सेवाको सुविधा पाएपछि सुर्खेतमा बसोबास गर्दै आएका सथानीय र विद्यार्थी हर्षित भएका छन् ।

सुर्खेतबाट कर्णालीका तीन जिल्लामा हिमाली टुर्स एण्ड ट्राभल्सले उडानको जिम्मा लिएको छ । हप्तामा बुधबार र शनिबार सिमीकोट,जुम्ला र रारा बिमानस्थलमा उडान गर्ने तारा एयर नेपालगञ्जका स्टेसन इन्चार्ज सूर्यमणी सुवेदीले जानकारी दिएका छन्।

सुवेदीका अनुसार सुर्खेत–सिमिकोट ८ हजार, सुर्खेत –रारा ६ हजार ५ सय र सुर्खेत–जुम्ला ६ हजार ५ सय भाडादर निर्धारण गरिएको छ। आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न सुर्खेतबाट व्यवसायिकरुपमा उडान सुरू गरिएको हिमाली टुर्स एण्ड ट्राभल्सका प्रबन्ध निर्देशक मिनबहादुर रावलले जानकारी दिएका छन ।

प्रकाशित : २० मंसिर २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह