काठमाडौं । काठमाडौं फोटोग्राफर संघले ‘केपीए वेडिङ फोटो अवार्ड’ २०२४ को आयोजना गर्ने भएको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमका संयोजक आनन्द प्रभाकर घिमिरेले आगामी पौष १२ गते काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा अवार्ड कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए ।
उनले फोटोग्राफी र भिडियोग्राफीमा आफ्नो भविष्य खोजिरहेका देशभरका सहकर्मीहरुलाई प्रोत्साहन र दक्षता विकासको उदेश्यका साथका अवार्ड कार्यक्रम आयोजना गर्न उनले जानकारी दिए ।
उनले भने,‘अवार्ड फोटोग्राफी र भिडियोग्राफीमा आफ्नो भविष्य खोजिरहेका देशभरका सहकर्मीहरुलाई प्रोत्साहन र दक्षता विकासको उदेश्यका साथ आयोजना गर्दैछौं ।’
अवार्डका लागि नेपालभरका प्रतिभाशाली फोटोग्राफरहरूले आफूले खिचेका विवाहका अधिकतम दुईवटा उत्कृष्ट फोटोहरू पेश गर्न सक्नेछन् ।
विवाहको भिडियो टिजर एमपिफोरमा, अधिकतम १ मिनेट ३० सेकेन्डको र २०० एमबीभन्दा कम साइजमा तयार गरी अधिकतम १ वटा भिडियो पठाउन सक्ने छन् ।
फोटो तथा भिडियो मङ्सिर ३० गतेसम्ममा पठाइसक्नु पर्नेछ । अवार्डसँग प्रतिस्पर्धामा प्रथम घोषितलाई फूल फ्रेम मिररलेश क्यामेरा पुरस्कार स्वरुप प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतिक्रिया