Logo

कर्पोरेट-बजार

एनसेल फाउन्डेसनद्वारा एनपीएलका चौकावापत १५०० शैक्षिक सामग्री वितरण गर्ने पक्का


GDP नेपाल
   २७ मंसिर २०८१, बिहिबार


एनसेल फाउन्डेसनले बुधबारसम्म खेलिएका सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरूमा हानिएका कुल ३७५ चौका वापत १५०० वटा शैक्षिक सामग्री विद्यार्थीलाई वितरण गर्ने पक्का भएको छ ।
यी सामग्री दुर्गम र ग्रामिण भेगका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई वितरण गरिने छ ।

गत बिहीबार क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्दै एनसेलले एनपीएलका प्रत्येक चौका वापत चारवटा शैक्षिक सामग्री प्रदान गर्ने घोषणा गरेको थियो ।
बुधबारसम्म खेलिएका १९ वटा खेलमा ७३ जना खेलाडीले कुल ३७५ वटा चौका हानेका छन् ।

लुम्बिनी लायन्सका क्याप्टेन रोहित कुमार पौडेलले सबैभन्दा बढी २४ वटा चौका हानेर ९६ वटा शैक्षिक सामग्रीको वितरण सुनिश्चित गरेका छन् । जनकपुर बोल्टका लाहिरु मिलन्थाले अहिले सम्मको दोस्रो धेरै २२ चौकासहित ८८ शैक्षिक सामग्री र पोखरा एभेन्जर्सका आन्द्रियस गौसले १९ चौकाबाट ७६ शैक्षिक सामग्रीको वितरण पक्का गरेका छन् ।


यस पहलले विद्यार्थीहरूको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने फाउन्डेसनको विश्वास छ । विद्यार्थीहरूले प्राप्त गर्ने प्रत्येक शैक्षिक सामग्रीमा आवश्यक शैक्षिक सामग्री जस्तै स्कुल ब्याग, कापी, सिसाकलम, कटर, इरेजर लगायतका सामग्री समावेश हुनेछन् । यी सामग्रीले स्रोतको अभाव घटाउन सहयोग गर्नेछ र विद्यार्थीहरूलाई पठनपाठनमा योगदान गर्ने विश्वास लिइएको छ ।

‘यो एनपीएल हाम्रो देशमा क्रिकेट प्रतिभाको विकासका लागि कोशेढुङ्गा सावित भएको छ । क्रिकेटप्रतिको चाखलाई सामाजिक कार्यसँग जोडका छौं र स्रोत आवश्यक रहेका विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गरिनेछ । १९ खेलसम्मका यात्रामा चौकाको योगदान गर्ने प्रत्येक खेलाडीलाई बधाई तथा धन्यवाद दिन चाहन्छौं र बाँकी खेलहरू अझै उत्साहजन हुने र थप चौकासहित अझै बढी शैक्षिक सामग्रीको योगदान बढ्ने कुरामा हामी विश्वस्त छौं’, एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले भनिन् ।


नेपाली समुदायहरूसँग गहिरो सम्बन्ध राख्ने मध्येको एक खेल क्रिकेट भएकाले यो पहलले खेलमा रोमाञ्चकता थपेका छ । यसले सहयोग र स्रोत बढी आवश्यकता भएकासम्म आवश्यक सहयोग पुर्‍याउन मद्दत गर्दछ ।
एनसेल फाउन्डेसनले एनपीएलका खेलहरू सकिएपछि क्रिकेट एशोसिएसन नेपाल (क्यान), स्थानीय तह र सरोकारवालाहरूको समन्वयमा शैक्षिक सामग्रीको वितरण गर्नेछ । सामुदायिक विद्यालयका लक्षित विद्यार्थीहरूसम्म यी सामाग्रीहरू पुर्‍याउनका लागि एनसेलले कर्मयोग फाउन्डेसनसँग सहकार्य गरेको छ ।


नेपालको आफ्नै घरेलु क्रिकेट प्रतिभाहरुको निर्माणमा गर्न एनपीएलले सहयोग पुर्‍याउएको छ । एनपीएलका लागि एनसेलको साझेदारी र प्रत्येक चौका वापत ४ वटा शैक्षिक सामग्रीको वितरण कम्पनीको ‘हामी तपाईंकै लागि’ भन्ने थिम र नेपालमा क्रिकेट र खेलकुदको विकासमा समर्थन गर्ने प्रतिबद्धता अनुरुप रहेको जनाएको छ ।

प्रकाशित : २७ मंसिर २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह