Logo

कर्पोरेट-बजार

व्यवसायिक विवाद समाधानका लागि मध्यस्थता केन्द्र स्थापना गरिने छ: अध्यक्ष ढकाल


GDP नेपाल
   २८ मंसिर २०८१, शुक्रबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्र ढकालले व्यवसायिक विवाद समाधानका लागि छिट्टै एक मध्यस्थता केन्द्र स्थापना गरिने घोषणा गरेका छन् ।

ललितपुरमा बिहीबारबाट सुरु भएको उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी विवाद समाधान सम्बन्धी सम्मेलनमा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

अध्यक्ष ढकालले नेपालमा व्यवसायिक वातावरणलाई अझै प्रभावकारी बनाउन महासंघले विभिन्न योजनाहरू अघि बढाइरहेको उल्लेख गरेका छन् ।

‘मध्यस्थता केन्द्र स्थापना भएपछि नेपालमा व्यापारिक वातावरण झन् सुदृढ हुने विश्वास छ ’ उनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघले स्थापना गर्ने मध्यस्थता केन्द्रले व्यवसायिक विवाद समाधानलाई सहज बनाउने मात्र नभई, नेपालको व्यवसायिक वातावरणलाई लगानीमैत्री बनाउन पनि सहयोग पुर्‍याउने अध्यक्ष ढकालको भनाइ छ । व्यवसाय क्षेत्रका विवादलाई समयमै र निष्पक्ष रूपमा समाधान गर्ने प्रक्रियालाई सुलभ बनाउन वैकल्पिक विवाद समाधान (एडीआर) को महत्त्वमा अध्यक्ष ढकालले जोड दिए ।

‘निर्माण, पूर्वाधार, बैंकिङ र व्यापारजस्ता महत्त्वपूर्ण क्षेत्रमा उत्पन्न हुने विवादहरूलाई छिटो र न्यायसंगत रूपमा समाधान गर्न यो केन्द्रले विशेष भूमिका खेल्नेछ,’ उनले भने ।

अध्यक्ष ढकालले नेपाल सरकारले पछिल्लो समय लगानीसम्बन्धी कानुनी सुधारका क्षेत्रमा चालेका कदमहरूको प्रशंसा गरे ।

उनले भने ‘हामीले लगानीसम्बन्धी आठ महत्वपूर्ण कानून संशोधन गरेका छौं, जसले प्रक्रियागत समस्या हटाउँदै पारदर्शिता र विश्वासको वातावरण निर्माण गरेको छ ।’

प्रकाशित : २८ मंसिर २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह