Logo

कर्पोरेट-बजार

एनसेलले ल्यायो अनलिमिटेड डेटा सापटी सुविधा


GDP नेपाल
   ५ पुस २०८१, शुक्रबार


काठमाडौं । एनसेलका ग्राहकले अब अनलिमिटेड डेटा सापटी लिन सक्छन् । सापटी सुविधालाई थप विस्तार गर्दै एनसेलले आफ्ना ग्राहकहरुलाई अब ब्यालेन्स नभएको बेलामा १ दिन समयसीमा रहेको अनलिमिटेड डेटा सापटी लिन सकिने सुविधा ल्याएको छ ।


यो सापटी सेवा अन्तर्गत आफ्नो मेन ब्यालेन्स रु ५ भन्दा कम भएका प्रिपेड ग्राहकहरुले १ दिन अर्थात २४ घन्टा समयसीमा भएको अनलिमिटेड डेटा सापटी लिन सक्छन् । कम्पनीले यो सुविधा पुष १ गतेबाट दिन थालेको हो ।
समयसीमा १ दिन रहेको अनलिमिटेड डेटाको शुल्क कर सहित रु ५० रहेको छ ।

ग्राहकले यो डेटा सापटी लिएपछि २४ घन्टासम्म एनसेलको मोबाइल इन्टरनेट सेवाको भरपुर फाइदा उठाउँन सक्छन् ।
यो १ दिने अनलिमिटेड डेटा सापटी लिन ग्राहकले ९९८८४३ डायल लिन सक्छन् । सापटीमार्फत लिएको डेटाको शुल्क ग्राहकले ब्यालेन्स रिचार्ज गरेपछि काटिन्छ ।
कर सहितको सेवा शुल्क २.४८ र १ दिने अनलिमिटेड डेटाको ५० गरि ब्यालेन्स रिचार्ज गर्दा कुल ५२.४८ काटिन्छ । सिम लिएर सेवा लिन थालेको कम्तिमा ३० दिन भएका ग्राहकहरुले यो डेटा सापटी लिन सक्छन् ।


अनलाइनबाटै हाल जारी नेपाल प्रिमियर लिगका खेलहरु हेर्न लगायत इन्टरनेट सेवाको फाइदा लिन यो सुविधा धेरै उपयोगी हुने विश्वास एनसेलले लिएको छ ।
एनसेलले यो अनलिमिटेड डेटा बाहेक ४० ब्यालेन्स सापटी, ३ दिने १ जीबी डेटा सापटी, ३ दिन समयसीमाको ९० मिनेट अल नेपाल टक टाइम सापटी सुविधामार्फत प्रदान गर्दै आएको छ ।

प्रकाशित : ५ पुस २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह