Logo

कर्पोरेट-बजार

‘एनसेल वुमन आइकन आइसीटी अवार्ड २०२४’ बाट बन्दना शर्मा सम्मानित


GDP नेपाल
   १० पुस २०८१, बुधबार


काठमाडौँ। रिलायन्स स्पिनिङ मिल्स उत्कृष्ट रोजगारदाता उद्योगको रुपमा सम्मानित भएको छ। नेपाल समुन्द्रपार निकासी पैठारी संघले उत्कृष्ट रोजगारदाता उद्योगका रुपमा रिलायन्स स्पिनिङ मिल्सलाई सम्मानित गरेको हो। 

गत आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरैलाई रोजगारी दिएर योगदान गरेको भन्दै उद्योगलाई सम्मान गरेको गरिएको हो। सम्मानपत्र उद्योगका सञ्चालक शशीकान्त अग्रवालले ग्रहण गरेका थिए। 

१५ अर्ब लगानी रहेको उद्योगमा ४ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्। उद्योगले नेपालको धागोको मागलाई पूर्ति गर्दै भारत, टर्कीलगायत तेस्रो मुलुकमा निर्यात गर्दै आएको छ। 

सुनसरी जिल्लामा कम्पनीले धागो कारखाना सञ्चालन गरेको छ। उद्योगले ऊन धागो, सूति (कटन) धागो, पोलिस्टर धागो, एक्रेलिक धागो, भिस्कोस धागो उत्पादन गर्दै आएको छ। 

प्रकाशित : १० पुस २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह