Logo

कर्पोरेट-बजार

पर्यटन नीति २०८१ को मस्यौदामाथि छलफल


GDP नेपाल
   १४ पुस २०८१, आइतबार


काठमाडौं । ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)ले पर्यटन नीति २०८१ को मस्यौदामाथि छलफल गरेको छ ।आइतबार काठमाडौंमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी पर्यटन नीति २०८१ को मस्यौदामाथि छलफल भएको हो ।

निजी क्षेत्रको समस्या के छ र भोलिको दिगो पर्यटनको विकासको लागि दिने सुझावहरु पर्यटन नीतिमा समावेश हुनुपर्छ भन्ने मान्यताकासाथ अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको टानका अध्यक्ष सागर पाण्डेले जानकारी दिए ।

उनले भने,‘पर्यटन नीति २०८१ को मस्यौदाकोबारे छलफल गरेर अहिले निजी क्षेत्रको समस्या के छ र भोलिको दिगो पर्यटनको विकासको लागि हामीले दिने सुझावहरु पर्यटन नीतिमा समावेश हुनुपर्छ भन्ने मान्यताकासाथ हामीले यो अन्तरक्रिया कार्यक्रम गरेका हौं । जसले गर्दा भोलि गएर नेपालको पर्यटनको क्षेत्रबाट समग्र नेपालको आर्थिक विकासमा ठूलो सहयोग पुग्छ भन्ने विश्वासकासाथ यो कार्यक्रम भएको छ ।’

प्रकाशित : १४ पुस २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह