Logo

कर्पोरेट-बजार

‘मेक इन नेपाल एक्स्पो २०२५’ र ‘नेपाल पश्मिना अन्तर्राष्ट्रिय एक्स्पो २०८१’ हुँदै


GDP नेपाल
   १९ पुस २०८१, शुक्रबार


काठमाडौँ । ‘मेक इन नेपाल एक्स्पो २०२५ र ‘नेपाल पश्मिना ईन्टरनेशनल एक्स्पो २०८१’ हुने भएको छ । नेपाल पश्मिना उद्योग संघको आयोजना तथा नेपाल उद्योग परिसंघको सहकार्य एवम् राइजिङ्ग नेपाल प्रालिको व्यवस्थापनमा माघ १० गते देखी १२ गते सम्म भृकुटीमण्डपमा एक्स्पो आयोजना हुने भएको हो ।

प्रदर्शनीमा नेपाली उत्पादनलाई प्रोत्साहन गर्दै ‘हाम्रै सामान, हाम्रै स्वाभिमानू अभियानलाई अघि बढाउने उद्देश्य राखिएको र एक्सपोले नेपाली उत्पादनहरूको प्रवर्द्धन गर्दै उद्योग, व्यवसाय र स्थानीय उद्यमशीलतालाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने आयोजकले बताएका छन् ।


यस प्रदर्शनीले नेपाल पश्मिना अन्तर्राष्ट्रिय एक्स्पो २०८१ ले नेपालमा उत्पादित उत्कृष्ट पश्मिना सामग्रीहरूलाई प्रस्तुत गर्दै यस क्षेत्रको मौलिकता, गुणस्तर र अन्तर्राष्ट्रिय पहिचानलाई अझ सुदृढ बनाउने लक्ष्य राखेको छ । प्रदर्शनीमा नेपालका व्यवसायी, उद्यमी, निर्यातकर्ता, तथा निति निर्माताको सहभागिता रहनेछ । साथै, यसले नेपाली उत्पादनका नयाँ सम्भावनाहरू पहिचान गर्न र विदेशी लगानीलाई आकर्षित गर्न सहयोग पुऱ्याउने अपेक्षा गरिएको छ। यस कार्यक्रमले स्वदेशी उत्पादनको प्रचार/प्रसारका लागि विभिन्न रणनीतिक र सिर्जनशील उपायहरू अवलम्बन गर्नेछ ।

एक्स्पोमा शुद्ध नेपाली पश्मिना हस्तकला, कृषि, र घरेलु उत्पादनको विशेष स्टलहरू, अनलाईन र डिजिटल मार्केटिङ प्लेटफर्महरूको प्रबर्द्धन, नेटवर्किङ कार्यक्रमहरू, स्थानीय र अन्तर्राष्ट्रिय उद्योगहरूसँग सहकार्य, ब्रान्डिङ क्याम्पेन जस्ता कुराले नेपाली उत्पादनको प्रवर्द्धनका लागि विशेष टेवा पुऱ्याउने साथै नेपाली उत्पादनलाई प्रोत्साहन गर्दै आर्थिक समृद्धिको दिशामा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।
एक्स्पोमा १५० भन्दा बढी स्वदेशी वस्तु तथा सेवाको स्टलहरु रहने छन जस मध्य ४० भन्दा बढी नेपालमा उत्पादित उत्कृष्ट पश्मिनाका स्टलहरु रहने छन । जसमा २०,००० भन्दा बढी अबलोकन कर्ताले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
आयेजकका अनुसार स्वदेशी उद्योग र व्यवसायलाई प्रोत्साहन गर्नु, स्वदेशी उत्पादनहरूको बजार विस्तार गर्नु, आत्मनिर्भर अर्थतन्त्र निर्माणमा टेवा पुर्याउनु र

उद्यमशीलता तथा लगानीको सम्भावनाहरू उजागर गर्नु नै यस एक्स्पोको मूख्य उदेश्य रहेको छ ।
यस प्रदर्शनीम १५० भन्दा बढी स्वदेशी स्टलहरु हुनेछन् जसमध्ये ४० भन्दा बढी शुद्ध नेपाली पश्मिनाका रहने छन् । नेपाली रैथाने खानाका परिकार, च्याङ्गा देखी पश्मिना सम्मको प्रत्यक्ष निर्माण प्रक्रिया र स्वदेशी लुगा तथा पश्मिनाको फेसन शो समेत समावेश गरिएको यस प्रदर्शनीमा २० हजार भन्दा बढी अवलोकनकर्ता आउने आयेजकको विश्वास छ ।

प्रकाशित : १९ पुस २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह