काठमाडौँ । नेपाल मुद्रा विप्रेषक संघको अध्यक्षमा रितेश मित्तल निर्विरोध निर्वाचित भएका छन् ।
संघको बिहिबार सम्पन्न १९ औँ वार्षिक साधारण सभाले नेपाल रेमिट इन्टरनेशनल प्रा.ली का प्रबन्ध निर्देशक मित्तललाई निर्विरोध निर्वाचित गरेको हो ।
यस्तै, संघको निवर्तमान अध्यक्ष चन्द्र टन्डन, उपाध्यक्षमा संजय सिग्देल, महासचिवमा दिवाकर पौडेल, कोषाध्यक्षमा संजिव कुमार पाठक, सचिवमा रामेश्वर सापकोटा र सदस्यरहरुमा बिमल महत, मधुसुदन न्यौपाने र श्याम प्रसाद लामिछाने निर्विरोध निर्वाचित भएका छन् ।
प्रतिक्रिया