Logo

कर्पोरेट-बजार

चेम्बरले बनायो पूर्वाधार तथा भूमि सुधार समिति


GDP नेपाल
   २२ पुस २०८१, सोमबार


नेपाल चेम्बर अफ कमर्स अन्तर्गत गठित पूर्वाधार र भूमि सुधार समितिको गठन प्रक्रिया पूरा भएको छ।

चेम्बरको ७३औं साधारणसभा तथा अधिवेशन पश्चात् चेम्बरको नवगठित कार्यसमितिको सदस्य रोशन भोयद्योलाई समितिको सभापतिमा मनोनयन गरिएको छ। उनको सभापतित्वमा अब पूर्वाधार, जग्गा, आवास विकास, निर्माण सामग्री, ईंटा लगायतका निर्माण व्यवसायसँग सम्बन्धित विशेषज्ञ र व्यवसायीहरूसमेत सम्मिलित समिति गठन भएको छ।


समितिको वरिष्ठ सल्लाहकारको रूपमा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक कुमार मल्होत्रा र सल्लाहकारको रूपमा ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका संचालक तथा ओम हेल्थ क्याम्पसका अध्यक्ष टंक बहादुर श्रेष्ठ, कानून विज्ञ गोकुल बुर्लाकोटी र संघसंस्था विज्ञ उत्तम प्रसाद झा रहेका छन्।


समितिको पहिलो बैठकले नेपाल सरकार द्वारा जारी गरिएको परिमार्जित सहरी विकास नीति २०८१ को स्वागत गरेको छ र यस नीति अन्तर्गत गठन हुनुपर्ने समितिहरू समयमै गठन गर्न र नियमावलीहरू शीघ्र तयार गर्नका लागि सरकारको ध्यान आकर्षित गराएको छ।

बैठकले सरकारी र व्यवसायिक संघको उचित सल्लाह र सहभागितामा आधारित नीति निर्माण गर्नुपर्ने कुरामा जोड दिएको छ, जसले देशभर पूर्वाधार र भूमि सुधारका क्षेत्रमा सकारात्मक वातावरण सिर्जना गर्नेछ।
समितिले बैठकमा पूर्वाधार र भूमि सुधारका क्षेत्रमा सरकार र समाजको दृष्टिकोणमा सकारात्मक सोच राख्नका लागि थप पहल गर्नुपर्नेमा जोड दिएको छ।

सरकारले देशभित्र निर्माण सामग्रीको कच्चा पदार्थको उचित परिचालन, आयातमा सुविधा, अन्तर सरकारी निकायहरूबीच समन्वय र विकासका काममा निजी क्षेत्रको सहभागिता बढाउनुपर्ने कुरामा समिति अडिग रहेको छ।
समितिले आगामी आ.व. २०८१/२०८२ का लागि प्रमुख कार्यक्रमहरूको योजना पनि तय गरेको छ, जसमा पूर्वाधार विकास र भूमि सुधारका समस्याहरू समाधान गर्न सरकारलाई सुझाव प्रस्तुत गर्ने, सहरी विकास नीति २०८१ को गहन अध्ययन गर्दै कार्यक्रम आयोजना गर्ने, र व्यवसायीहरूको समस्याहरू संकलन गरी सरकारलाई समाधानका लागि आग्रह गर्ने छन्।


समितिको संरचना यस प्रकार छः


प्रकाशित : २२ पुस २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह