काठमाडौँ । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
हरिहर भवन, ललितपुरमा सम्पन्न सभामा संचालक समितिको तर्फबाट अध्यक्ष युवराज भण्डारीले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेश गरेका थिए ।
हाल संस्थाको कूल निक्षेप ८ अर्व ३५ करोड र कर्जा ५ अर्व ८४ करोड रहेको छ ।
यस संस्थाले हाल Chip Based Debit Card, SMS Alert, E-Banking, ECC, Mobile Banking, Safe Deposit Locker, Top up facilities, विप्रेषण (Remittance) सेवा, DP, C-ASBA, QR Teller लगायतका सेवाहरु प्रदान गर्नुका साथै व्यक्तिगत खाताको हकमा रु. ५ लाख सम्मको निक्षेप वीमाको समेतको व्यवस्था गरेको छ ।
कम्पनीले हाल देशभर २३ वटा शाखा कार्यालय र ४ वटा विस्तारित काउन्टरबाट ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ भने कारोबार विस्तारको लागि निकट भविष्यमा थप शाखा विस्तार गर्ने योजना रहेको प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।
प्रतिक्रिया