Logo

कर्पोरेट-बजार

नेपालको पर्यटन प्रवर्द्धनसँगै लघु तथा घरेलु उद्योगको विकासमा सहयोग गर्ने थाई चेम्बरको प्रतिबद्धता


GDP नेपाल
   ५ माघ २०८१, शनिबार


काठमाडौँ । थाई चेम्बर अफ कमर्सले नेपाली व्यवसायीहरुको भव्य स्वागत गरेको छ । थाई चेम्बरका उच्च पदाधिकारीहरुको बन्जेरड (Banjerd Cholvijarn) बोर्ड अफ ट्रेडमा स्वागत गरेका थिए । 

सो अवसरमा नेपाली व्यवसायी प्रतिनिधि मण्डलको नेतृत्व गर्नु भएका महासंघका महिला विकास समितिका सभापति कमला श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, महासंघका केन्द्रिय सदस्य नरेशलाल श्रेष्ठ, किशोर आचार्य, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका संचालक समितिका सदस्य निराजन चलाउने लगाएत अन्य व्यवसायीहरुको उपस्थिति रहेको थियो । 

सो छलफल एवं भेटघाट कार्यक्रममा थाई चेम्बर अफ कमर्सका उपाध्यक्षले नेपाल र थाइल्याण्डबिच द्विपक्षीय लगानी अभिवृद्धिका सवालमा आफ्नो धारणा राखेका थिए । सो महत्वपूर्ण भेटघाट एवं छलफल कार्यक्रममा थाई उपाध्यक्षले उद्यमसिलता प्रवर्द्धन गर्न थाई चेम्बरले के कस्तो सहयोग गर्नुपर्छ त्यसका लागि आफूहरु मिलेर अघि बढ्न चाहेको बताए । उनले शिक्षा, सूचना र प्रविधिका क्षेत्रमा मिलेर अगाडी बढ्न सक्ने बताए । 

यस्तै, नेपालको पूर्वाधार विकास, पर्यटन प्रवर्द्धनसँगै लघु तथा घरेलु उद्योगको विकासमा आफ्नो सहयोग रहने समेत जनाए । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ महिला समिति सभापति कमला श्रेष्ठले नेपालमा लगानीको प्रचुर सम्भावना रहेकाले लगानीका लागि थाई चेम्बरका पदाधिकारी एवं उद्यमीहरुलाई आग्रह गरिन् । उनले नेपालमा पर्यटन प्रवर्द्धन, व्यापार अभिवृद्धि र लगानीका लागि उपयुक्त गन्तव्य भएकोले थाई उद्यमी एवं व्यवसायी खुलेर लगानी गर्न आग्रह गरिन् । श्रेष्ठले नेपालमा लगानी गर्न र लगानी .पछिको नाफा शुनिश्चितका लागि वर्तमान सरकारले कानुनलाई सरलिकृत गरेको जानकारी गराईन् । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठले लगानीको प्रशस्त सम्भावना रहेकोले कुन कुन क्षेत्रमा प्राथमिकता दिने त्यसको होमवर्क गरेर हुर्नुपर्ने बताइन् । उनले नेपालमा जेम्स एण्ड ज्वेलरीका क्षेत्रमा थाई व्यवसायीलाई मिलेर काम गर्न आग्रह गर्दै उच्च प्रविधि भित्र्याउन सके दुई देशले मिलेर लाभ लिन सक्ने जनाइन् । 

यस्तै, थाईल्याण्डलाई वेडिङ डेस्टिनेशनको रुपमा प्रवर्द्धन गर्न सके नेपाली लगाएत अन्य विदेशी पर्यटकहरुबाट प्रशस्त लाभ लिन सकिने बताइन् । 

सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य नरेशलाल श्रेष्ठले निर्यात व्यापारको प्रचुर सम्भावना भएता पनि थाई चेम्बरसँग आबद्ध भएर आफूहरुले लाभ लिन नसकेको गुनासो गरे । उनले हस्तकला वस्तुहरुको निकासी अमेरिका र यूरोपियन बजारमा प्रवेश गरिरहँदा पर्यटन हबको रुपमा रहेको थाइल्याण्डमा भने सोचे जति निकासी नभएको जानकारी गराउँदै त्यसका लागि आगामी दिनहरुमा थाई चेम्बरसँग मिलेर अघि बढ्ने बताए । 

श्रेष्ठले व्यापार प्रवर्द्धनका लागि नेपालमा हुने मेलामा सहभागीता जनाउन थाई चेम्बरका पदाधिकारीलाई आग्रह समेत गरे । त्यस्तै, निकट भविष्यमा बैंककमा हुन गइरहेको हब्र्स तथा हर्वल मेला लगाएत अन्य मेलाहरुमा नेपाली उद्यमीहरुको सहभागिता जनाउन सके उपयुक्त लाभ लिन सक्ने उनले बताए ।

कार्यक्रममा नेपाली राजदूतावासका डिसिएम प्रकाश अधिकारी लगाएतको सहभागीता रहेको थियो । 

प्रकाशित : ५ माघ २०८१, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह