काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ ले आन्तरिक हवाई टिकटमा सबैभन्दा बढी क्यास ब्याक प्रदान गर्ने उदेश्यका साथ ‘उडान मेला’ नामक योजना सार्वजनिक गरेको छ ।
योजनामा नियमित ग्राहकहरुले ‘SAVE100’ प्रोमोकोड राखेर १०० क्यास ब्याक र पहिलो पटक आइएमई पेबाट टिकट खरिद गर्ने ग्राहकहरुले ‘FIRSTFLY’ प्रोमोकोड राखेर ३०० क्यासब्याकको लाभ उठाउन सक्नेछन् । हवाई टिकट खरिद गर्ने बेला आइएमई पे एपमा ‘Have Promocode?’ सोधिएको ठाउँमा यि प्रोमोकोडहरु राखेर क्यास ब्याक प्राप्त गर्न सकिनेछ ।
प्रतिक्रिया